काठमाडौं, ३ वैशाख । पूर्व अधिकारजकुमारी प्रेरणा राज्यलक्ष्मी देवी सिंहको स्वास्थ्यमा क्रमिक सुधार देखिएको छ ।
चैत २५ गते शुक्रबार अचानक अस्वस्थ्य भएपछि प्रेरणालाई उपचारका लागि काठमाडौंको थापाथलीस्थित एक अस्पतालमा भर्ना गरिएको थियो ।
उपचारमा संलग्न चिकित्सकीय टोलीका अनुसार पूर्व अधिकारजकुमारी प्रेरणाको बायाँ खुट्टामा देखापरेको कमजोरीमा उल्लेखनीय सुधार आएको छ । उनी थप सहारामा हिंडडुल गर्न सक्ने भएको आइतबार जारी विज्ञप्तिमा उल्लेख छ ।
चैत २५ गते शुक्रबार पूर्व अधिकारजकुमारी प्रेरणालाई हस्पिटल लैजाने क्रममा सेरिवल भनेस् साइनस् थम्बोसिस भएको पाइएको र सोही अनुसार उपचार चलाइएको थियो ।
स्नायुरोग विशेषज्ञ डा. पंकज जलान र पूर्व अधिराजकुमारीका पारिवारिक चिकित्सक डा. किशोर जङ्ग राणा प्रेरणाको उपचारमा संलग्न छन् ।











प्रतिक्रिया