८ मंसिर २०८३, मंगलबार

शान्तिको कामना गर्दै यसरी निस्किए मेची-महाकाली पदयात्रामा धमन (तस्बीरसहित)

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


नरेश के.सी.भैरहवा, ३ बैशाख ३ । मुलुकमा शान्तिको कामना गर्दै नेपालको राष्ट्रिय झन्डा र बुद्ध झन्डा लिएर लुम्बिनीबाट एक युवा मेचीमहाकाली पैदल यात्रामा निस्किएका छन् । शान्तिका लागि लुम्बिनीको प्रवेशद्धारा भैरहवाका छबिलाल धवन मेचिकाली पदयात्रामा निस्केका हुन् ।

विगत १३ वर्षदेखि एकल पदयात्रा गर्दै आएका धवनलाई सिद्धार्थ बसपार्क भैरहवामा विएमजी ग्रुप भैरहवाले विदाई गरेको हो । उनको पदयात्राको सफलताको कामना गर्दै ग्रुपका अध्यक्ष ओमकार गौचनले धवनले नेपाल र भारतको विभिन्न शहरमा गरी अहिलेसम्म २५ हजार किलोमिटर पैदलयात्रा गरीसकेको बताए । उनले धवनको मेचीकाली यात्राले मुलुकमा शान्तिको सन्देश छर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

चन्द्र र सूर्य अंकित नेपालको राष्ट्रिय झन्डा र त्यसको माथि बुद्ध झन्डा बोकेर हिडेका धवनलाई विदाई गर्न विएमजी ग्रुपले विशेष कार्यक्रम नै राखेको थियो ।

सो अवसरमा ग्रुपका अध्यक्ष गौचन सहित कार्यसमिति, नेपाल पत्रकार महासंघ रुपन्देहीका सहसचिव कमल रायमाझी, लुम्बिनी प्रेस क्लबका पूर्व उपाध्यक्ष मनोरन्जन शर्मा, खेलाडी शिवध्वज राई, सिद्धार्थ यातयातका लेखनाथ भट्टराई लगायतले यात्रा सफलताको कामना गर्दै माला लगाएर विदाई गरेका थिए ।

सो अवसरमा पदयात्री धवनले आज भैरहवाबाट बसमा काकडभिट्टा जाने र बैशाख ५ गते काकडभिट्टाबाट पैदलयात्रा शुरु गर्ने जानकारी दिए । आफ्नो मेचिकाली यात्राबारे प्रष्ट्याउँदै उनले प्रत्येक दिन कम्तिमा २५ देखि ५० किलोमिटरको दूरी पार गरेर दुई महिनाभित्र यात्रा सिध्याउन लक्ष्य रहेको बताए । उनी भन्छन् ‘नेपालको राष्ट्रिय झन्डा र बुद्ध झन्डा बोकेर म सडकमा निरन्तर हिड्दा मुलुकमा शान्तिको लागि सूचना प्रवाह गर्नेछु ।’

विश्व शान्तिको केन्द्र लुम्बिनीको बासिन्दा भएकोले पनि उनको यात्रा सार्थक हुने उनका शुभचिन्तकले विश्वास व्यक्त गरेक छन् । धवनलाई सिद्धार्थ बसपार्कमा विदाई गर्न उनको श्रीमती र एक छोरा पनि आएका थिए ।

सिद्धार्थनगर नगरपालिका वडा नम्बर ६ दयापथका ४९ बर्षका धवन बिगत १३ बर्ष देखि पदयात्रामा निस्किरहेका छन् ।
दैनिक ३० किलोमिटरका दरले आफूले हिडने गरेको र बाटोमा बिद्यालय, मन्दिर, पाटीपौवामा बास बस्ने गरेको धवनको अनुभब छ ।

धवनले १३ बर्षको अबधीमा भारतको जयपुर, राजस्थान, दिल्ली, बहराईच, बिहार, उत्तरप्रदेश, फतेहपुर, लखनउ, लगायत दर्जनौ स्थानमा राष्ट्रिय झन्डा फहराउँदै पैदलयात्रा सम्पन्न गरिसकेका छन् । मुलुकमा शान्ति नआएसम्म आफ्नो पदयात्रा जारी रहने उनको अठोट छ ।

पदयात्राका क्रममा बिभिन्न कठिनाई आएपनि पछि त्यहाँका पुलिस प्रशासनलाई नेपालबाट लिएर गएको कागजपत्र देखाएपछि सहयोग गर्ने र रातिको समयमा हिडदा प्रहरीले स्कर्टिंग गर्ने गरेको समेत जनाए । उनले दिल्ली नजिकै साढे तीन दशकदेखि बस्दै आएका एक नेपालीले नेपालकै झन्डा चिन्न नसक्दा निकै दुख लागेको स्मरण समेत गरे ।

टिभी कम्पयुटर मेकानिक्स रहेका धवन प्रत्येक बर्ष दुई महिना पैदलयात्रामा निस्कदा ब्यबसायमा अप्ठेरो नपुगोस् भनेर आफ्नो श्रीमती नेहा धवनलाई पनि मेकानिक्सको तालिम दिएका छन् । उनी पैदल यात्रामा जुत्ता नलगाई चप्पल लगाउँछन् । मुलुकमा विभिन्न माग गर्दै दल, समूह र व्यक्तिले अशान्ति मच्चाइरहेको बेला धवनको निःस्वार्थ यात्राले सन्देश दिने धेरैले अपेक्षा गरेका छन् ।