
काठमाडौँ, ३ बैशाख । सरकारले भोलि सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आइतवार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति विद्यादेवी भण्डारीको भोलिदेखि हुन लागेको भारत भ्रमणलाई औपचारिकता दिँदै भोलि भोलि सोमबार र फर्कने शुक्रबार दुबै दिन सार्वजनिक विदा दिने निर्णय गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले दैनिक नेपाललाई जानकारी दिनुभयो । राष्ट्रपतिको पहिलो विदेश भ्रमण भएको भन्दै सरकारले विदा दिने निर्णय गरेको हो। राष्ट्रपति भण्डारीले आफू भारत भ्रमणमा जाँदा सरकारी विदा दिन नपर्ने सुझाव दिएकी थिइन् ।
बैठकले राष्ट्रपति भण्डारीको भ्रमणका कार्यक्रम समेत स्वीकृत गरेको छ । राष्ट्रप्रमुख विदेश भ्रमणमा जाँदा सरकारी विदा दिने चलन पूर्वराष्ट्रपति रामवरण यादवका पालादेखि तोडिएको थियो।











प्रतिक्रिया