
काठमाडौं, ३ बैशाख । उद्योग मन्त्रालयको आगामी बर्षको बजेटले १० बर्ष भित्र रोजगारीका लागि विदेशिनु पर्ने वाध्यताको अन्त्य गर्न रोजगारी सृजनालाई प्रमुख प्राथमिकतामा राख्ने भएको छ ।
यसका लागि वैदेशिक लगानी आकर्षित गर्न दोस्रो पुस्ताको नीतिगत आर्थिक सुधारलाई निरन्तरता दिने र औद्योगिक पूर्वाधारको विकास गर्ने कार्यक्रमलाई मन्त्रालयले अगाडि बढाउने भएको छ ।
उद्योग मन्त्री नवीन्द्रराज जोशीको अध्यक्षतामा आज मन्त्रालयमा आयोजित छलफल कार्यक्रममा रोजगारी सृजनाका लागि आगामी आर्थिक बर्षमा स्वदेशी कच्चा पदार्थको प्रयोग गर्ने, कृषि र वनमा आधारित साना, लघु तथा घरेलु उद्योगलाई प्रोत्साहित गरिने निर्णय गरिएको छ ।
यस्ता उद्योगहरुको विकासका लागि प्रविधि र बजारिकणमा सघाउन मन्त्रालयका तर्पmबाट अनुदानको व्यवस्था समेत गरिएको छ । उद्योग मन्त्रालयको आगामी आर्थिक बर्षको वजेटले ग्रामिण महिला तथा युवा उद्यमीहरुलाई उनीहरुको उद्योग विकासका लागि अनुदान समेत उपलब्ध गराउने नीति लिने भएको छ ।
यसरी उनुदान उपलब्ध गराउँदा ती उद्योगसँगको उत्पादकत्वलाई विश्लेषण गरी अनुदान उपलब्ध गराइनेछ । विदेशमा बस्ने नेपालीहरुलाई नेपाली बस्तुको प्रयोगलाई प्रात्साहित गर्न नेपाली वस्तुहरुको गुणस्तर प्रत्याभूत गर्ने दिशामा मन्त्रालयले सघाउने नीति लिने भएको छ । यसका लागि मन्त्रालयको नियमित वजेटका अतिरिक्त थप साँढे ३ अर्व रुपैंया बजेट आवश्यक पर्ने सो छलफल कार्यक्रममा बताईयो ।
मन्त्रालयले पहिलो पटक आगामी बर्षको बजेटको सम्वन्धमा सरोकारवाला निजी क्षेत्र सँग समेत छलफल गरी आगामी बजेटलाई अन्तिम रुप दिने तयारी समेत गरिरहेको छ । यसका लागि भोलि (सोमबार) मन्त्रालयमा सरोकारवाला निजी क्षेत्रको सहभागितामा छलफल कार्यक्रम आयोजना गरिने भएको छ ।











प्रतिक्रिया