
अनिल खत्री गुल्मी, ३ बैशाख । लोक तथा दोहोरी गीत प्रतिष्ठानका निवर्तमान केन्द्रीय अध्यक्ष चन्द्र शर्माको मार्मिक लोकगीत सार्वजनिक भएको छ ।
चर्चित गायक शर्माको सुमधुर आवाजले सजिएको लोक दोहोरी गीत ‘सलल बग्यो गण्डकी’ नयाँं वर्षको अवसर पारेर बजारमा आएको हो । धेरै दर्शक श्रोताको मनमा गुन्जीने पुरानो एक मौलिक भाकालाई शर्माले नयाँ नयाँ रुप दिएर
सार्बजनिक गरेका छन् । शर्मालाई गायिका टिका पुनले स्वरमा साथ दिएकी छन् ।
गीतमा गायक दुर्गा रायमाझीले शब्द र अमर विरही गुरुङले लय तथा भरेका छन् । एउटा मौलिकता बोकेको गीत भएकाले धेरै दर्शक–श्रोताको मन जित्ने गायक शर्माको विश्वास छ ।
शर्माले यसअघि ‘चरी भए आउथे उडेर’, ‘चौतारीमा वर पिपल छाया’, ‘नभन चिन्दिन’, ‘विछोड हुनेलाई’, ‘मायाको अनिकाल’, ‘चम चम चम्कने तारा’ लगायत दर्जनौ गीत बजारमा ल्याएका छन् ।
जुन अहिलेपनि चर्चामा छन् । गीतको म्युजिक भिडियोमा गायक चन्द्र शर्मा, दुर्गा रायमाझी, गायिका टिका पुन, सुवास केसी, शिव हमाल, राजु ढकाल अभिनय रहेको छ । म्युजिक भिडियोको निर्देशन शंकर बिसीले गरेका छन् भने छायांकन सुमन घर्तीमगर र राजेश घिमिरेले गरेका छन् ।
हेर्नुहोस् भिडियो…
https://www.youtube.com/watch?v=p_jHkcpKwvk















प्रतिक्रिया