
काठमाडौं, ३ बैशाख । यहि बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि देशका ७५ वटै जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय खोलिएको छ ।
जिल्ला न्यायाधिशलाई मुख्य निर्वाचन अधिकृत तोकि आजदेखि कार्यालय सञ्चालनमा ल्याएको हो । मुख्य निर्वाचन अधिकृतलाई जिल्लाको निर्वाचन सम्बन्धि सम्पूर्ण कामको समन्वय, सुपरीवेक्षण र आवश्यक निर्देशन दिने कार्यादेश समेत दिएर कार्यालय संचालनमा ल्याइएको निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए ।
निर्वाचन आयोगले ७ सय ४४ वटै स्थानीय तहमा बैशाख १२ गतेबाट निर्वाचन अधिकृतको कार्यालय खोल्ने जानकारी पनि दिएको छ ।
निर्वाचनका लागि आवश्यक सबै सामग्रीहरु तयार पारेपछि निर्वाचन आयोगले सम्बन्धित क्षेत्रमै निर्वाचनको आवश्यक तयारी गर्न जनशक्ति परिचालनको काम सुरु गरेको हो ।
निर्वाचन आयोगले जिल्ला न्यायाधिशलाई मुख्य निर्वाचन अधिकृत र न्याय सेवाका उपसचिवलाई निर्वाचन अधिकृतको जिम्मेवारी दिएको छ ।











प्रतिक्रिया