
बुटवल, ३ बैशाख । सिराहा जिल्ला अदालतले १० हजार रुपैयाँ धरौटीमा रिहा गरेका सीके राउतमाथि रुपन्देही प्रहरी कार्यालयमा राज्य बिरुद्धको संगठित अपराध (राज्यबिप्लव) मुद्दामा अनुसन्धान भइरहेको छ ।
स्वतन्त्र मधेस अभियान चलाएका डा.सीके राउतलाई राज्य बिप्लव मुद्दामा अनुसन्धान थालिएको हो । रुपन्देही प्रहरीले उनलाई आजनै कार्यालयमा उपस्थित गराएर बयान लिने काम सुरु गरेको हो ।
राउतविरुद्ध राज्यबिप्लव मुद्धामा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिए ।
सिराहा जिल्ला अदालतबाट रिहा भएका राउतलाई रुपन्देही प्रहरीले अनुसन्धान गर्नु पर्ने माग गरेपछि उनलाई लगत्तै सिराहा प्रहरीले पक्राउ गरेको थियो ।











प्रतिक्रिया