१ कार्तिक २०८३, आइतबार

यी हुन बुटवल उपमहानगरपालिकाको मेयरका आकंक्षी

1.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुटवल, ३ वैशाख । स्थानीय निकायको निर्वाचनको मिति नजिकिदै बुटवल उपमहानगरपालिकामा पनि चुनावी रौनक बढेको छ ।

नेपाली कांगे्रस एमाले र माओवादी केन्द्रले वडा तहका उम्मेदवारहरूको नाम सिफारिस अन्तिम चरणमा पुराएको भएपनि मयरका लागि भने चर्चा मात्रै चुलिएको छ । बुटवल उपमहानगर पालिकामा १४ वटा पार्टी अस्तित्वमा छन ।

बुटवल उपमहानगरपालिका (एक उपमहानगरपालिका), सिद्धार्थनगर नगरपालिका, सैनामैना नगरपालिका, देवदह नगरपालिका, तिलोत्तमा नगरपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिका र दश गाउँपालिका छन ।

बुटवल उपमहानगरपालिकामा २०४९ मा कांग्रेसका सूर्यप्रसाद प्रधान र २०५४ मा एमालेका भोजप्रसाद श्रेष्ठले मेयर जितेका थिए ।
एमालेका तर्फबाट मेयरको चर्चामा जिल्ला अध्यक्ष शिव सुवेदी, बाबुराम भट्टराइ, गोपाल राना, कमल गौतम, राजु गुरुङ लगायतको नाम अगाडि छ ।

कांग्रेसबाट खेलराज पाण्डे, महेशमान सिंह, युवराज गिरी लगायको नाम चर्चामा रहेको छ । २०४२ सालबाट राजनीतिमा होमिएका खेलराज पाण्डेलाई कांग्रेसको बलियो उम्मेदावरको रुपमा लिइन्छ ।

माओवादी केन्द्रबाट केन्द्रीय सदस्य एवं जिल्ला अध्यक्ष रामप्रसाद बन्जाडे, अर्का केन्द्रीय सदस्य एवं क्षेत्र नम्बर–४ का सह इन्चार्ज हरि घिमिरेको नाम चर्चामा छ । पूर्व सांसद समेत रहेका अर्का उम्मेदबार बिनोद पहाडीको नाम चर्चामा छ ।

राप्रपाबाट पूर्व मेयर पुनाराम पोखरेल, रुपसिंह थापाको नाम चर्चामा रहेको छ ।