८ मंसिर २०८३, मंगलबार

एमाले, माओवादी र राप्रपाका कार्यकर्ता कांग्रेसमा प्रवेश

4.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काभ्रे, ३ वैशाख । काभ्रे जिल्लामा एमाले, माओवादी केन्द्र र राप्रपाका कार्यकर्ताहरू पार्टी परित्याग गरेर नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

काभ्रेमा शनिबार भएको चुनावी सभामा दुई सय बढी नेता तथा कार्यकर्ता कांग्रेसमा प्रवेश गरेको केन्द्रीय सदस्य धनराज गुरुङले जानकारी दिए ।

‘एमाले, माओवादी केन्द्र र राप्रपाका दुई सयभन्दा बढी कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका छन्’, उनले भने, ‘ती पार्टीले लिएको सिद्धान्त मन नपरेर कांग्रेसमा प्रवेश गरेको बताएका छन् ।’

नेता गुरुङले युवाहरूलाई टीका लगाएर पार्टीको सदस्यता दिएर कांग्रेसमा भित्र्याएका हुन् ।

स्थानीय तहको निर्वाचन मिति नजिकिँदै गर्दा विभिन्न दल परित्याग गरेर काभ्रेका युवाहरू कांग्रेसमा प्रवेश गरेका हुन् ।