१ कार्तिक २०८३, आइतबार

नेपाली इन्जिनियर अधिकारीले बेलायतमा जिते अन्तर्राष्ट्रिय अवार्ड

2.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३ बैशाख । नेपाली इन्जिनियर टुकलाल अधिकारीले बेलायतमा अन्तर्राष्ट्रिय अवार्ड जितेका छन् ।

विश्वका पाँच सय बढी प्रतिस्पर्धीहरुलाई पछि पार्दै अधिकारीले ‘म्यानेजर अफ दि इयर अवार्ड’ जितेका हुन् । उनी लामो समयदेखि नेपालमा इन्जिनियरिङ्ग सेवा दिइरहेको इटेको नेपाल प्राइभेट लिमिटेडका प्रबन्ध निर्देशक पनि हुन् । इटेको नेपालले पनि ‘बेष्ट इन्टरप्राइजेज’ अवार्ड जितेको छ ।

लण्डनमा आयोजित युरोपियन बिजनेस एसेम्ब्लीले प्रत्येक बर्ष व्यापार तथा बाणिज्य, शिक्षा तथा स्वास्थ्य र इन्जिनियरिङ्ग तथा बैज्ञानिक क्षेत्रमा उल्लेखनिय सेवा तथा योगदान पुर्याएबापत सम्बन्धित कम्पनी तथा ब्यक्तित्वहरुलाई अवार्डद्वारा सम्मानित गर्ने गर्छ ।

अन्तर्राष्ट्रिय अवार्ड लिन बेलायत पुगेका अधिकारीका अनुसार उत्कृष्ट ईन्जिनियरिङ्ग सेवा प्रदान गरेबापत ‘बेस्ट इन्टर्प्राइजेज’ अवार्ड पाउनेमा इटेको नेपाल प्रालि दक्षिण एसियाकै एक मात्र कम्पनी हो। रास्ट्रियस्तरमा प्रभुत्व जमाएका बिदेशी दातृ संस्थाहरु जस्तै बिश्व बैंक, एसियाली बिकास बैंक, जाइकाबाट बित्तिय सहयोगमा सन्चालित आयोजनाहरुको सफल डिजाइन तथा सुपरिबेक्षण, समय सापेक्षिक प्रबिधिको प्रयोग, सरकारी तथा गैरसरकारी संस्थाहरुलाई विश्वसनीय तथा गुणस्तरिय सेवा प्रदान गरेको आधारमा इटेको नेपाल र अधिकारीलाई अवार्ड प्रदान गरिएको आयोजकले बताएका छन् ।

विश्वका पचास भन्दा बढी देशका कम्पनीलाई पछि पार्दै इटेको नेपाल र प्रबन्ध निर्देशक अधिकारीले उत्कृष्ट अवार्ड प्राप्त गर्नुले समग्र नेपाली इन्जिनियरहरुको शिर उच्च बनेको इटेको नेपालका हाइड्रोपावर इन्जिनियर अनुप खनालले बताए ।

सन् १९८७ मा नेपालमा स्थापना भएको इटेको नेपालले रास्ट्रिय तथा अन्तरास्ट्रिय स्तरमा सडक, पुल, भवन, खानेपानी, हाइड्रोपावर जस्ता क्षेत्रहरुमा उत्कृष्ट ईन्जिनियरिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।