८ मंसिर २०८३, मंगलबार

मतभेद छाडेर संविधान रक्षामा लाग्नु पर्छ : सिंह

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ वैशाख । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रमुख दलहरूले आपसी मतभेद छाडेर प्राप्त उपलब्धि रक्षा र संविधान कार्यान्यनमा एक भएर लाग्नुपर्ने बताएका छन् ।

काठमाडौंको महाराजगञ्जमा सामुदायिक सेवा केन्द्रले शुनिबार आयोजना गरेको शुभकामना तथा चियापान कार्यक्रममा कांग्रेस नेता सिंहले ठूला दलहरू मिलेर अगाडि बढ्ने हो भने जुनसुकै चुनौतीको सामना गर्न सकिने बताए । उनले दलका नेताहरूलाई पूर्वाग्रह त्यागेर आउन आग्रह पनि गरे ।

‘मुलुकमा केही भएन भन्नुभन्दा पनि भएका परिवर्तनलाई आत्म साथ गर्नुपर्छ’, उनले भने, ‘चाहेजस्तो परिस्थिति निर्माण हुन नसक्नु राजनीतिक अस्थिरताले हो ।’

कांग्रेस नेता सिंहले चुनाव मात्रै समस्या समाधानको सशसक्त माध्यम भएको भन्दै अब निर्वाचनको बिकल्प खोज्न नहुने बताए । उनले असहमत पक्षलाई सहमतिमा ल्याने प्रयास भैरहेकाले चुनावी माहोलमा जुट्न आग्रह गरे ।

‘एकथरीले राजनीति गर्नेहरूलाई गाली मात्र गर्छन्’, उनले भने, ‘राजनीतिलाई सधै गाली गर्नुभन्दा राजनीतिलाई सही दिशामा लैजान सहयोग गर्नुपर्छ ।’ सिंहले एक–दुई जना नेताहरूले गरेको दोषहरू सबै नेतालाई दिन नपाइने बताए ।

नेपाल प्रहरीका महानिरीक्षक प्रकाश अर्यालले प्रहरी अपराध नियन्त्रण र शान्ति सुरक्षा कायम राख्न दत्तचित्त भएर लागेको बताए । उनले यसका लागि नागरिकहरूको उत्तिकै सहयोग अपरिहार्य भएको बताए ।