८ मंसिर २०८३, मंगलबार

एमालेका नेताले ऋषि धमलाको राष्ट्रियतामा प्रश्न उठाएपछि…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ वैशाख । एमालेका नेता सत्यनारायण मण्डलले रिपोर्टर्स क्लव नेपालका अध्यक्ष ऋषि धमलालाई ‘तपाई राष्ट्रवादी होइन’ भन्दै धमलाको राष्ट्रियतामाथि प्रश्न उठाएका छन् ।

पत्रकार धमलाले नेपाली रेडियो नेटवर्कमा चलाउँदै आएको नेपाली बहस कार्यक्रममा शनिबार बिहान कुरा गर्ने क्रममा एमाले नेता मण्डलले धमलाको राष्ट्रियतामाथि प्रश्न उठाएका हुन् । ‘तपाई राष्ट्रवादी होइन’ भन्ने शब्दावली मण्डलले भनेपछि अध्यक्ष धमला लाईभ कार्यक्रममा एकाएक जंगिएका थिए ।

जवाफमा धमलाले म ‘राष्ट्रवादी’ हुँ, मेरो राष्ट्रियतामा कुनै आशंका नगर्नुस् भन्दै आफ्नो बचाउ गरेका थिए ।

एमाले नेता मण्डलले पनि आफूले धमलालाई अन्यथा अर्थ लाग्ने गरेर ‘तपाई राष्ट्रवादी होइन’ भन्ने शब्दावली नभनेको स्पष्टीकरण दिएका थिए ।

अध्यक्ष धमलाले राष्ट्रवादीका विषयमा धेरै कुरा उठाएपछि एमाले नेता मण्डलले अन्तिममा माफी पनि मागेका थिए ।