३ कार्तिक २०८३, मंगलबार

सबिन र अनुको रोमान्समा ‘काउसो’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । मदन घिमिरेको निर्देशनमा चलचित्र ‘काउसो’ निर्माण हुने भएको छ । बिभिन्न क्षेत्रका व्याक्तिहरू उपस्थित रहेको कार्यक्रममा कलाकार सविन श्रेष्ठ, पुष्कर राउत, सुरेन्द्र चापागाइँ, अनु पराजुली लगायतका कलाकारले चलचित्रभित्र रहने एक दृश्य अभिनयमार्फत दर्शाउदै मुर्हत सर्ट दिए ।

मुर्हतमा पत्रकार सानुकाजी श्रेष्ठले क्ल्याप पड्काउदा राजन घिमिरेले नरिवल फुटाए । सटको निर्देशन प्रदीप तिमल्सिनाले गरे ।

अर्नभ फिल्मस् पोडक्शनको दोश्रो प्रस्तुतिका रुपमा निर्माण हुन लागेको ‘काउसो’ यही १५ गतेबाट फ्लोरमा जानेछ ।

सविन श्रेष्ठ, अर्जुन गुरुङ, अनु पराजुली, सनि भट्टराई, शान्ताराम थापा, सुरेन्द्र चापागाइँ, पुष्कर राउत, रोहिणी मिश्र, रामचन्द्र अधिकारी, रामभक्त श्रेष्ठ, उग्रशेन ढुंगाना, नवीन आचार्य, गौतम भण्डारी लगायतको अभिनय चलचित्रमा रहनेछ ।

‘काउसो‘का प्रस्तुतकर्ता अर्नभ वस्नेत हुन् भने निर्माता भगवान खत्री रहेका छन् । चलचित्रमा पटकथा, सम्वाद भोजराज देवकोटा, संगीत विकास चौधरी, नृत्य हरिश खनाल, छायाँकन रामेश्वर हुमागाई, प्रोडक्शन डिजाईनर सूर्य बुढाथोकी रहेका छन् ।