
ललिपुर, ३१ चैत । नेकपा एमालेका कार्यबाहक अध्यक्ष बामदेव गौतमले अधिकारसम्पन्न हुन लागेका नेपाली जनताविरुद्ध षड्यन्त्र नगर्न चेतावनी दिएका छन् ।
नेकपा एमाले जिल्ला निर्वाचन परिचालन कमिटी ललितपुरले आयोजना गरेको निर्वाचन अभियानको उद्घाटन तथा झण्डा हस्तान्तरण समारोहलाई सम्वोधन गर्दै गौतमले यस्तो चेतावनी दिएका हुन् । नेकपा एमालेको देशव्यापी माहौल देखेर आत्तिएका काँग्रेस माओवादीको मिलेमतोमा संविधान संसोधन प्रस्ताव तयार हुनु षड्यन्त्रको पराकाष्ठा भएको आरोप लगाए ।
उनले एमाले जस्तासुकै षड्यन्त्रहरुलाई पनि चिरेर जनताको मत हासिल गर्न आतुर रहेको पनि बताए । सोही कार्यक्रममा बोल्दै एमाले पोलिटव्युरो सदस्य रघुजी पन्तले सम्पूर्ण शक्ति एमाले विरुद्ध लागे पनि एमालेसंग प्रतिवाद गर्ने हैसियत भएको बताए ।
त्यस्तै पार्टी केन्द्रीय सदस्य सुशिला नेपालले ललितपुरका छ वटै स्थानीय तहमा एमालेलाई विजयी गराउन कार्यकर्तालाई अनुरोध गरिन् । उनले एमालेको विजयले मात्रै मुलुकलाई न्याय दिन सक्ने बताइन् । सो कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी १ सय ५० भन्दा बढीले पार्टी प्रवेश गरेका थिए ।











प्रतिक्रिया