१४ कार्तिक २०८३, शनिबार

पत्नी पोइल जाने डरले पतिले उठाए कठोर कदम

4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वीरगञ्ज, ३१ चैत । वीरगञ्जस्थित स्वास्थ्यचौकीमा कार्यरत अहेव वविताकुमारी पण्डित कुम्हालको हत्या उनकै पतिले गराएको खुलेको छ ।

सर्लाही गोडैता ११ का ३५ वर्षीय अमरेन्द्रकुमार पण्डितले १ लाख खर्चेर २८ वर्षीया पत्नीको हत्या गराएको प्रहरी अनुसन्धनबाट खुलेको हो । कान्तिपुर दैनिकले समाचार छापेको छ ।

बबिता जागिरको सिलसिलामा एक वर्षदेखि वीरगञ्ज बस्दै आएकी थिइन् । प्रहरीले बुधबार पत्रकार सम्मेलन गरेर हत्याको आरोपमा पक्राउ परेका अमरेन्द्र र उनका काकाका छोरा ज्ञानेन्द्रको बयानबाट यस्तो खुलेको जनायो ।

जिल्ला प्रहरी प्रमुख नरेन्द्रप्रसाद उप्रेतीले बविताले सम्बन्ध विच्छेदसहित अंशका लागि सर्लाही अदालतमा मुद्दा दिएको र अंश दिने आदेश भएको बताए ।

‘उक्त अंश जोगाउनलाई अमरेन्द्रले भाइ नाता पर्नेबाट हत्या गराएको खुलेको छ,’ उप्रेतीले भने ।

बबिता जागिरे भएर उसले अंश लिई अकैसँग विवाह गर्नसक्ने नकारात्मक सोचबाट प्रेरित भएर हत्या गराएको प्रहरीले जनाएको छ ।