१४ कार्तिक २०८३, शनिबार

काठमाडौं जिल्लाबाट मात्रै कति जनप्रतिनिधि चयन हुन्छन् ?

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ चैत । स्थानीय तहको निर्वाचनमा काठमाडौं जिल्लाबाट ७१२ जनप्रतिनिधि चयन हुने भएका छन् ।

काठमाडौं महानगरपालिका र १० नगरपालिकाबाट ७१२ जना जनप्रतिनिधि चयन गरिने जिल्ला निर्वाचन अधिकरी चन्द्र गौतमले जानकारी गराउनुभयो । गोरखापत्र दैनिकले समाचार छापेको छ ।

उहाँका अनुसार महानगर र १० नगरपालिकाका १३८ वडामा एकरएकजना मेयर, उपमेयर वडा अध्यक्ष र चार सदस्य निर्वाचित हुने छन् ।
मेयर र उपमेयरमध्ये एक जना महिला तथा चार सदस्यमा एकरएक जना महिला र दलित महिला निर्वाचित हुने छन् ।

उहाँका अनुसार सबभन्दा बढी काठमाडौं महानगरपालिकामा १६२ जना प्रतिनिधि चुनिने भएका छन् । काठमाडौं महानगरमा ३२ वडा रहेका छन् ।
यसैगरी चन्द्रागिरिबाट ७७, बुढानिलकण्ठ ६७, तारकेश्वरबाट ५७, साँखुबाट ५७, कीर्तिपुर र नार्गाजुनबाट ५२÷५२, तथा कागेश्वरी, गोकणेश्वर शङ्खरापुर र दक्षिणकाली नगरपालिकाबाट ४७÷४७ जना प्रतिनिधि चयन हुनेछन् ।