काठमाडौं, ३० चैत । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले तराइ मधेसमा आफ्ना नेता कार्यकर्तामाथि आक्रमण र दुरेव्यवहार भएको भन्दै सरकारसँग जवाफ मागेको छ ।
मंगलबारको संसद बैठकमा एमाले सांसदले यो विषयलाई गम्भीर रुपमा उठाउँदै सरकारबाट जवाफ नपाएसम्म संसद चल्न नदिने चेतावनी दिएका छन् । कान्तिपुर दैनिकले समाचार छापेको छ ।
सप्तरीस्थित पार्टी स्थायी कमिटी सदस्य सत्यनारायण मण्डलको घरमा प्रवेश गरेका मधेसी मोर्चाका कार्यकर्ताले परिवारका महिला सदस्यमाथि दुर्व्यवहार गरेको तर त्यसमा सरकार मूकदर्शक बनेको एमालेको आरोप छ ।












प्रतिक्रिया