१४ कार्तिक २०८३, शनिबार

कहलिएका गुन्डा दावालाई गोली हान्नेले एसएसपी जोशीलाई जब फोन गरे

22.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गुन्डा नाइके दावा लामा

काठमाडौं, ३० चैत । गौरिघाटस्थित बागमती नदी किनारमा रहेको दीव्य पार्टी प्यालेसमा गोली लागेर ‘कहलिएका गुण्डा’ दावा लामा घाइते भएको सूचना आएपछि महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी छबिलाल जोशी र महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दिनेश अमात्य घटानस्थलतर्फ जाँदै थिए ।

जोरपाटी नयाँ वस्तीमा बस्दै आएका लामा पार्टी प्यालेसमा रहेको हेल्थ क्लबमा नियमित आउँथे । नागरिक दैनिकले समाचार छापेको छ ।

मंगलबार बिहान ९ः२० मा उनले क्लब अगाडि गाडी रोकेर पार्टी प्यालेसको गेटभित्र प्रवेश गर्ने वित्तिकै गोली प्रहार भएको थियो । घटनास्थल जाँदै गरेका जोशीको मोबाइलमा ९ः४०मा कल आयो । नम्बर देखिएको थिएन ।

प्राइभेट लेखिएको थियो । उनले फोन उठाए । ‘म हङकङबाट लोप्साई राई बोलेको, दावा लामालाई मैले गोली हान्न लगाएको हुँ ।’ किन गोली हानेको भनेर सोध्दा जवाफ आयो, ‘उसले मलाई यतिधेरै दुःख दिएको छ त्यो सुन्नुभयो भने तपाईँ रूनुहुन्छ ।’

जोशीले भने, ‘घटनामा संलग्न जहाँ भए पनि जोगिन सक्दैन । म रूने होइन तँ रूने दिन आयो अब ।’ तीन मिनेट २० सेकेन्ड लामो कुराकानी टुंगियो ।