३ कार्तिक २०८३, मंगलबार

एलसीसी ट्रान्स–सेन्डिङ लिमिटेड र सीटी एक्सप्रेस मनी ट्रान्सफर बीच सम्झौता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ चैत । एलसीसी ट्रान्स–सेन्डिङ लिमिटेड (स्मल वल्र्ड फाइनान्सियल सर्भिसेज) र सिटी एक्सप्रेस मनी ट्रान्सफरले आपसी रूपमा रकम आदान–प्रदानको सेवा प्रदान गर्ने सम्झौता गरेका छन् ।

यही अप्रिल महिनादेखि यो सम्झौताबाट एलसीसी ट्रान्स–सेन्डिङ लिमिटेडको नेपालमा सञ्जाल बिस्तार भएको छ । यससँगै सिटी एक्सप्रेसको सेवामा नयाँ आयाम थपिएको छ भने अब नेपालमा रहेका सिटी एक्सप्रेसका कुनै पनि भुक्तानी काउन्टरबाट विदेशबाट विप्रेषण गरेको रकम सहजै प्राप्त गर्न सकिने कम्पनीले जानकारी दिएको छ ।

‘यूरोप तथा अमेरिकामा रहेका लाखौँ नेपालीले विप्रेषण गरेका रकम बिना झन्झट आफूलाई पायक पर्ने सिटी एक्सप्रेस मनि ट्रान्सफरको नेपालभर रहेका ५००० भन्दा बढी भुक्तानी केन्द्रबाट सजिलै प्राप्त गर्न सकुन् भन्ने सोचका साथ एलसीसी ट्रान्स–सेन्डिङ लिमिटेड (स्मल वल्र्ड फाइनान्सियल सर्भिसेज) प्रयासरत रहेको छ’ , एलसीसी ट्रान्स–सेन्डिङ लिमिटेडका प्रमुख कार्यकारी अधिकृत निकोलस डे ले भने ‘यो सहकार्यसँगै हाम्रो उद्देश्य पुरा हुने कुरामा हामी विश्वस्त छौँ ।’

सम्झौतामा हस्ताक्षर गर्न आयोजित कार्यक्रममा बोल्दै सिटी एक्सप्रेसका प्रबन्ध निर्देशक न्द्र टण्डनले यूरोप तथा अमेरिकामा सबैभन्दा बढि संजाल भएको रेमिट्यान्स सेवा प्रदायक एलसीसी ट्रान्स–सेन्डिङ लिमिटेड (स्मल वल्र्ड फाइनान्सियल सर्भिसेज) सँग सहकार्य गर्न पाउँदा आफू निकै उत्साहित भएको बताए । ‘हामीले यूरोप तथा अमेरिका लगाएत एलसीसी ट्रान्स–सेन्डिङ लिमिटेड (स्मल वल्र्ड फाइनान्सियल सर्भिसेज) बाट भित्रिने कोरोबारका लागि हाम्रा ५००० भन्दा बढी भुक्तानी केन्द्रहरूबाट अब सहज रूपले सेवा दिने कुरामा विश्वस्त छौँ’, उनले भने ।