१४ कार्तिक २०८३, शनिबार

फरक पर्‍यो सर्वाेच्च र सरकारको नम्बर

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ चैत । सर्वोच्च अदालतले भने कार्यसम्पादन मूल्यांकनमा डिआइजी नवराज सिलवाललाई अगाडि देखाएको थियो ।

गत ८ चैतको सर्वोच्चको फैसलामा भनिएको छ, ‘कार्यसम्पादन मूल्यांकनअनुसार आर्थिक वर्ष ०६९–७० देखि ०७२–७३ सम्म चार वर्षको कुल औसत अंक हेर्दा सबैभन्दा बढी अंक प्राप्त गर्ने नवराज सिलवाल, दोस्रोमा प्रकाश अर्याल, तेस्रोमा बमबहादुर भण्डारी र चौथोमा जयबहादुर चन्द रहेको देखियो ।’ नयाँपत्रिका दैनिकले समाचार छापेको छ ।

तर, सरकारले गठन गरेको समितिले गरेको अध्ययनअनुसार कार्यसम्पादन मूल्यांकनमा १५४.२ नम्बरसहित अर्याल पहिलो स्थानमा र १५२.६७ सहित सिलवाल दोस्रो नम्बर छन् ।

त्यस्तै, बमबहादुर भण्डारीको १५०.०२ र जयबहादुर चन्दको १४७.३३ नम्बर छ ।

मन्त्रिपरिषद्ले महान्यायाधिवक्ता रमणकुमार श्रेष्ठको संयोजकत्वमा समिति बनाई प्रतिस्पर्धीको नम्बर जोड्न लगाएर धेरै नम्बर भएका अर्याललाई आइजिपी बनाएको हो ।

कार्यसम्पादन मूल्यांकनका प्रतिस्पर्धीमध्ये औसत उच्चतम अंक प्राप्त गरेको व्यक्तिलाई आइजिपीमा तत्काल नियुक्त गर्न सर्वोच्चले परमादेश दिएको थियो ।

प्रधानन्यायाधीश सुशीला कार्कीसहित न्यायाधीशहरू हरिकृष्ण कार्की, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको पूर्ण इजलासले परमादेश दिएको हो ।