१४ कार्तिक २०८३, शनिबार

कामिनी आएपछि यसरी ओरालो लाग्यो नेपाल टेलिकम

5.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ चैत । संस्थालाई राम्ररी सञ्चालन गर्नका लागि व्यवस्थापनमा योग्य र सक्षम व्यक्तिको नियुक्ति हुनुपर्दछ भन्ने कुरा नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमानसिंह घिसिङको नियुक्तिले प्रष्ट पारेको छ । एमालेकी महिला नेत्री राधा ज्ञावलीले कमिसन नपाएकै कारण बस्ने कुर्चि समेत नदिएर अपमानजनक तरिकाले केन्द्रमा हाजिर गराइएका थिए । घिसिङको नियुक्ति मन्त्री जनार्दन शर्माले गरेपछि अहिले देश अन्धकारबाट उज्यालोतर्फ प्रवेश गरेको छ । वार्षिक रुपमा झण्डै डेड खर्ब रुपैयाको डिजेल मात्रै बच्ने उद्योगीहरुले बताएका छन् । संस्थाको गरिमा र देशको समृद्धिमा अहिले सबैतिरबाट प्रशंसा गरिएको छ ।

नेपाल टेलिकममा कामिनी राजभण्डारी प्रवन्ध निर्देशक बनेपछि नियुक्ति भएको एक वर्ष नहुदै अरबौं रुपैया नाफा कम गराएकी छन् । फोरजी सञ्चालनका नाममा डायरी एक्सप्रेस साप्ताहिकले ५७ करोड रुपैयाको घोटाला भएको समाचार प्रकाशन गरेको थियो तर त्यो पुरानै टावर तथा उपकरण प्रयोग गरेर एक सय पच्चिस करोडको चलखेल गरिएको प्रमाण प्राप्त भएको छ । नेपाल टेलिकमले पुरानै टावर तथा उपकरणहरु प्रयोग गरेर ९ सय मेघाहर्ज जिएसएम टुजीका लागि र १८ सय मेघाहर्ज डिसिएस टुजीका लागि तथा २१ सय मेघाहर्ज युएमटिएस थ्री जीका लागि प्रयोगमा आइरहेको छ । यसरी नयाँ टावरको विवरणमा उल्लेख गरेपनि पुरानै टावरलाई प्रयोग गरिएको छ । यसरी नयाँ टावर र उपकरण नै प्रयोग नगरीकनै १८ सय मेघाहर्जकै व्याण्डमा कार्ड परिवर्तन गरेर फोरजी सञ्चालन गरिएको भनेर भनिएको छ । तर वास्तविक रुपमा यो थ्रिजी मात्रै रहेको छ । यसरी फोरजीको सञ्चालनका लागि भनेर १२५ करोड खर्च गरिएको छ । तर त्यसको उपलब्धि पनि एकदमै न्युनतम रहेको छ ।

नेपाल टेलिकममा अनाआवशयक र संस्थालाई नोक्सानी पुग्ने काम गराउन नहुने जोड दिदै आएका नायब प्रवन्ध निर्देशकहरुले स्वीकृत गर्न नमान्दा पनि राजभण्डारीले आफै हस्ताक्षर गरी अनियमित्त र कमिसन आउने काममा निरन्तरता दिएकी हुन् । डाटा सेवामा अहिले ५५ प्रतिशत हिस्सा रहेपनि आमदानी चाँहि प्रतिस्पर्धि एनसेलको भन्दा करिब २.६ अर्व रुपैया कम देखिएको छ । अन्तर्राष्ट्रिय आगमन र बाह्य आगमन कलबाट हुने आम्दानी पनि लक्ष्य भन्दा करिब ३.५२ अर्व कम हुने भएको छ ।

चालु आर्थिक वर्षको वित्तिय सुचांक सबै माइनसमा रहेको छ । कार्य संचालन आयमा वृद्धिमा ३ प्रतिशत माइनस, खुद मुनाफामा वृद्धि ०.२४ प्रतिशत माइनसमा, सम्पत्तिको प्रतिफलमा वृद्धि २ प्रतिशत माइनस, प्रति शेयर आयमा वृद्धि ०.२४ प्रतिशत माइनस, ग्राहक संख्यामा वृद्धि ४.८२ प्रतिशत माइनस, अप्रेटिङ इन्कममा १.७ प्रतिशत माइनस, प्रोफिट आफ्टर टेक्समा ८.७ प्रतिशत माइनस र अर्निङ्स पर शेयर ४.६ प्रतिशत माइनस छ । यसरी राजभण्डारीको नेतृत्वमा अहिले सबै तर्फ नोक्सानी मात्रै बनाइएको छ ।

राजभण्डारीले विभिन्न सेवामा लगाएको लगानी ८ वर्ष दुई महिनामा उठ्ने बताइएको छ । तर, उपकरणको वारेन्टी र ग्यारेन्टी अवधी मात्रै पाँच वर्ष सम्मको छ । विभिन्न ठाउँहरुमा करिब एक सय वटा टावर बन्न बाँकी छन् । जसका कारण देशका अधिकांस शहरहरुमा समेत नेटवर्क टिप्दैन ।

अहिले विभिन्न पार्टी निकट युनियनहरु पनि राजभण्डारीकै ललिपपमा संस्था डुबेको अवस्थामा पनि मौन समर्थन गरिरहेका छन् । उनीहरु पनि झर्ला र खाउला भनेर पर्ख र हेरको अवस्थामा छन् । युनियनहरुलाई सञ्चालनका लागि रकम दिएका कारण यो अवस्था आएको हो जानकारहरु बताउँछन् । त्यो अवस्था देखेर इमानदार कर्मचारीहरु भने चिन्तित छन् । राजभण्डारीको टेलिकममा कहिलेसम्म राज हुने हो ? त्यो अझै एकीन भनसकेको अवस्था छ । केहि दिन अघि राजभण्डारीले आफना निकटका व्यक्तिहरुलाई दाम आउने ठाउँमा सरुवा गराएकी छन् ।

डायरी एक्सप्रेस साप्ताहिकमा समाचार छ ।