३ कार्तिक २०८३, मंगलबार

यति ब्रुअरीको नयाँ “अर्ना लाइट” र “अर्ना स्ट्रङ्ग” बियरहरु नेपाली बजारमा

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ चैत । यति ब्रुअरीले आज क्लब ट्वेन्टी–फाइभ, टंगालवुडमा भएको अनावरण कार्यक्रम मार्फत नेपाली बियरप्रेमीहरु माझ दुई नयाँ बियरहरु प्रस्तुत गरेको छ । यी नयाँ बियरहरुलेनेपाली बियर उपभोक्ताहरुलाई निकै प्रत्येक्षित विकल्प तथा थप आकर्षण प्रदान गर्नेमा कम्पनी विश्वस्त छ । अनावरण सँगै अर्ना लाइट र अर्ना स्ट्रङ्ग देशभरका सबै प्रमुख लिक्वर आउटलेट, होटल, रेस्टुरेन्ट्, स्टोर तथा पब्हरुमा सर्वत्र उपलब्ध हुनेछ ।

अर्ना लाइट नेपालको पहिलो र एकमात्र लो–क्यालोरी (Low Calorie) अर्थात्कम क्यालोरी भएको बियर हो, जुन “हाइ अन फन, लो अन क्यालोरी” (High on Fun, Low on Calories) भन्नेमूख्य सन्देश लिई बजारमा आएको छ । यस बियरले “स्वाद” लाई प्राथमिकता दिँदैउपभोक्ताहरुले बियरमा चाहने हरेक गुणलाई प्रस्तुत गर्नुका साथै क्यालोरी र कार्बको मात्रा घटाई आजकलको व्यस्त जीवनशैलीमा उपभोक्ताहरुले अधिक रुचाएको “फिट्नेश” मा पनि ध्यान दिएको छ ।

नयाँ वर्षको आगमनसँगै प्रस्तुत गरिएकोयस बियरले सबै बियरप्रेमीहरु माझ एक फरक र ताजा विकल्प ल्याई नेपालको बियर बजारको परिदृश्यमा महत्वपूर्ण परिवर्तन ल्याएको छ । स्वादमा कुनैपनि किसिमको असर नपर्ने गरी एक्स्ट्रा क्यालोरी तथा कार्बको मात्रा घटाउनका निम्ति यस बियरलाई २५% सम्म बढि समयको लागि “ब्रिउ” गरिएको छ । सामान्य माइल्ड बियरको तुलनामा अर्ना लाइटमा क्यालोरी २०% र कार्ब ३४% कम रहेको छ । यस बियरले साथीभाई तथा घनिष्ठहरु सँग भेटघाटमा रमाइला पलहरु बिताउन चाहने जोकोहीलाई पनि एक अनुपम विकल्प प्रदान गर्नेछ भने आधुनिक जीवनशैलीको मागलाई पूरा गर्दागर्दैअब स्वादमा पनि कुनै किसिमको सम्झौता गर्नुपर्ने छैन ।

कार्यक्रममा बोल्दै कम्पनीका जेनेरल म्यानेजर (सेल्स् तथा मार्केटिङ्ग), अरुण केसीले भने– “अर्ना लाइटको अनावरण हाल उपभोक्ताहरुमा देखिएको एक स्वस्थ जीवनशैलीको चाहना तथा बियरको रोजाईमा आएको परिवर्तनका कारण भएकोहो । त्यसैले अर्ना लाइटले बियर बजारमा एक फरक पृष्ठ सुरु गर्न गइरहेको छ जसले उपभोक्तहरुलाई उनिहरुले खोजिरहेकोफरक विकल्प तथा बियर क्याटेगोरीमा एक भेराइटी प्रस्तुत गर्नेछ, त्यो पनि स्वादमा कुनै पनि किसिमको सम्झौता नगरी । समय आएको छ एउटा यस्तो बियरको मजा लिने जुन उनीहरुको जीवनशैलीमा एकदमै उपयुक्त छ- अर्ना लाइट ।”

अर्ना लाइट बियरको लन्च एक वृहत बजार व्यवस्थापन क्याम्पेनसँगै हुनेछ । साथै अन्य विभिन्न स्याम्पलिङ्ग एक्टिभेसनहरु मार्फत पनि बढि भन्दा बढि उपभोक्ताहरु माझ यसको सन्देश पुर्याइनेछ ।

उक्त कार्यक्रममा कम्पनीले अर्ना स्ट्रङ्ग बियरको पनि अनावरण गरेको थियो जुन “स्ट्रङ्ग” स्वाद चाहने उपभोक्ताहरुलाई ध्यानमा राख्दै ल्याइएको हो । “चढ्छ मज्जाले” भन्ने बजार प्रवद्र्धन सन्देशका साथ बजारमा आएको अर्ना स्ट्रङ्गले अर्ना लाइटले जस्तै एक फरक र शानदार स्वादका पस्कने निश्चित छ ।

अर्ना लाइट र अर्ना स्ट्रङ्ग दुवै यति ब्रुअरी प्रा. लि. द्वारा चैनपुर, चितवनमा तयार गरिएको होर यी बियरहरु ६५० मि.लि. बोतलमा क्रमशः ४.६% र ६.५% अल्कोहल प्रति बोतलका साथ बजारमा उपलब्ध छ ।