२९ आश्विन २०८३, बिहिबार

जब ४२ हजार फिटमाथि जहाजमा सुत्केरी व्यथा लाग्यो…

938
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी । टर्किस एयरलाइन्सको बोइङ ७३७ जहाजमा एक महिलाले छोरीलाई जन्म दिएकी छन् । गुइनाको राजधानी कन्क्रीबाट बुर्कना फस्कोको राजधानी हुँदै ओगाडोगो हुँदै स्तनबुलका लागि उडेको केही समयपछिनै जहाजमा यात्रा गरिरहेकी एक महिलालाई सुत्केरी व्यथाले च्यापेको थियो ।

बीबीसीले जनाएअनुसार जहाजमा सवार नाफी डियबी नामकी एक २८ बर्षीया महिलाले ४२ हजार फिटको उचाइमा छोरीलाई जन्म दिइन् । जहाज बुर्किना फास्कोको राजधानीमा अवतरण गरियो र कादिजु नामक छोरी र आमा दुवै जनालाई अस्पताल लगियो । उनलाई संगै यात्रा गरिरहेकी सहयात्रीहरुले सहयोग गरेका थिए । टर्कीस एयरलाइन्सले भरखरै जन्मेको बच्चासंगको आप्ना परिचारिकाहरुको तस्विरसमेत सार्वजनिक गरेको छ ।