१४ कार्तिक २०८३, शनिबार

पूर्वराजकुमारी प्रेरणा सिंह गम्भीर बिरामी, अस्पताल भर्ना

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ चैत । पूर्वराजकुमारी प्रेरणा सिंहलाई स्ट्रोक (पक्षघात) भएपछि शुक्रबार बिहान १० बजे थापाथलीस्थित नर्भिक इन्टरनेसनल अस्पताल भर्ना गरिएको छ ।

३९ वर्षीया प्रेरणाको मस्तिष्कमा रगत जमेको र चिकित्सकहरुले दिएको औषधिले उनको स्वास्थ्यस्थितिमा विस्तारै सुधार आइरहेको स्रोतले जनाएको छ । कान्तिपुर दैनिकले समाचार छापेको छ ।

पूर्वराजा ज्ञानेन्द्र शाह प्रेरणालाई भेट्न शनिबार बिहान र बेलुका अस्पताल पुगेका थिए । प्रेरणाको अवस्थाबारे अस्पतालले आधिकारीक रुपमा केही बताएको छैन ।