१४ कार्तिक २०८३, शनिबार

यी आठ सांसदको योजना चकनाचुर, ७६ लाखको चेक फिर्ता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कमला पन्त

काठमाडौं, २७ चैत । सहकारी ऐनको मस्यौदा पारित गरी थाइल्यान्ड र कोरिया अध्ययन भ्रमणमा जाने तयारी गरेका सांसदहरूले आफ्नो भ्रमण रद्द गरेका छन् ।

गरिबी निवारण तथा सहकारी मन्त्रालयमाथि दबाब बढाएर विदेश भ्रमणमा जान लागेका संसद्को अर्थ समितिका नौजना सदस्यहरूले आफ्नो भ्रमण रद्द गरेका हुन् । नयाँपत्रिका दैनिकले समाचार छापेको छ ।

भ्रमणका लागि मन्त्रालयबाट बुझेको ७६ लाख रुपैयाँसमेत उनीहरूले फिर्ता गरेका छन् । नयाँ पत्रिकामा ‘विदेश घुमाएर विधेयक पास गर्ने तयारी’ शीर्षकमा समाचार प्रकाशित भएपछि सांसदहरूले आफ्नो भ्रमण रद्द गरेका हुन् ।

एमालेका गरिमा शाह, केदारप्रसाद सञ्जेल, कांग्रेसका कमला पन्त, जगदीशनरसिंह केसी, उदयशमशेर राणा, माओवादी केन्द्रका हरिलाल ज्ञवाली, फोरम लोकतान्त्रिकका डा सुबोध पोखरेल र थरुहट तराई पार्टी नेपालका गोपाल दहित अध्ययन भ्रमणमा जाने तयारीमा थिए ।

उपसमिति संयोजक भरतमोहन अधिकारी भने अस्वस्थताका कारण भ्रमणमा नजानेमा थिए । ‘उहाँहरूले मन्त्रालयबाट अध्ययन भ्रमणका लागि विदेश जाने भनेर बुझ्नुभएको ७६ लाखको चेक मन्त्रालयमै फिर्ता गर्नुभएको छ,’ गरिबी निवारण तथा सहकारी मन्त्रालय स्रोतले भन्यो । समाचार प्रकाशित भएको भोलिपल्टै २४ चैतमा उनीहरूले चेक फिर्ता गरेका हुन् ।