
काठमाडौं, २७ चैत । काठमाडौं महानगरपालिका–६ बौद्ध रामहिटीस्थित क्याफे निरभानामा एक व्यक्तिको हत्या भएको छ ।
३५ वर्षीय तेन्जिङ ग्याल्छो लामाले सञ्चालन गरेको क्याफे निरभानामा खानपिनको क्रममा झगडा भई कुटपिट हुँदा सोही ठाउँ बस्ने ४६ वर्षीय पेम्वा शेर्पाको मृत्यु भएको हो । राजधानी दैनिकले समाचार छापेको छ ।
कुटपिटबाट सख्त घाइते भएका उनकने नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचारका क्रममा मृत्यु भएको हो ।
घटनामा संलग्न भएको अभियोगमा प्रहरीले बा३७प ७९२६ नम्बरको मोटरसाइकलसहित क्याफे सञ्चालक तेन्जिङ ग्याल्छो लामा, गोकर्णेश्वर नगरपालिका–१२ नयाँबस्ती बस्ने २१ वर्षीय नुर्बु शेर्पा लगायत ६ जनालाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ ।












प्रतिक्रिया