३० आश्विन २०८३, शुक्रबार

सीमा अतिक्रमण हुँदा अब पनि असक्षम नेताकै मुख ताक्ने ?

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कुनैपनि राष्ट्र र त्यस राष्ट्रका नागरिकका परिचय भनेको नै इतिहास हो । हामीले बोकेको इतिहास र हाम्रो परिचय अरु मित्र राष्ट्र भन्दा बिल्कुल फरक छ । निडर, निर्भिक, स्वतन्त्र बिम्ब नै हाम्रो परिचय अनि संगै जोडिएको इतिहास हो । हजारौं बीर योद्धाको त्याग र समर्पणले हाम्रो मुलुकको शिर उचो भएको सर्बविदितै छ । पृथ्वीनारायण शाहले ठूलो लडाई लडेर खण्डित नेपाललाई विशाल नेपाल बनाए । उनले भनेका थिए, ‘यो मेरा साना दुखले आज्र्याको मुलुक होइन ।’ तर आज बिदेशी शक्ति हाबी भएर हाम्रो प्रजातन्त्र कमजोर हुँदैछ । दिनदाहाडै हाम्रो सीमा मिचिँदै छ ।

कहिलेबाट सुरु भयो नेपाल आक्रमण ?

१ नोभेम्बर १८१४ मा इस्ट इन्डिया कम्पनीका जेनेरल एस्टरिकसले नेपाल विरुद्ध युद्धको घोषणा गरेदेखि सुरु भएको आक्रमण आज २१ औं शताब्दीसम्म निरन्तर छ । नेपालसंग लडाई गर्दा धेरै भू–भाग हामीले जित्यौं त केही उनीहरुको पन्जुलमा सुम्पनु पर्यो । जसका कारण २ डिसेम्बर १८२५ मा घातक सुगौली सन्धी गर्न हामी बाध्य भयौं । सुगौली सन्धीपनि हामीले जितेको केही भू–भाग पनि सुम्पनु पर्ने भयो । जसले हाम्रो धरातल कमजोर बनायो । सुगौली सन्धी दुबै पक्षको सीमा सम्झौता थियो । तर, बिडम्बना हामी र हाम्रो बर्तमान नेतृत्व सन्धी र सम्झौताका बिषयमा निकै उदार देखियो । हामीले सम्झौता गरेको छिमेकी सताब्दी शोषकका रूपमा उभिँदै गयो । हाम्रो स्वभिमानका किल्लाहरु ढाल्दै गयो । जसको परिणाम स्वरुप आजकल प्रायः संचार माध्यम हाम्रै सीमा अतिक्रमणको खबरले भरिएका हुन्छन् । तर, राज्य संयन्त्र पूर्ण मौन छ ।

यसरी हुँदैछ नेपाली भूमि अतिक्रमण

अहिले नेपाली सञ्चार माध्यममा नेपाली भूमिमा भारतीयले खेती गरिरहेको, कब्जा गरेको लगायतका समाचारहरुले स्थान पाइरहेका छन् । यसले सीमा अतिक्रमणको रुप उदाङ्ग पारिदिएको छ । भारतीय नागरिकले सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाअन्तर्गत गोबरगाढा टापुमा नेपाली भूमि प्रयोग गरि करिब १० बिघा जग्गामा गहुँ खेती गरेको सार्बजनिक भएको छ । जबकी उनीहरुले गरेको खेती भन्दा पाँच किलोमिटर पर सीमा स्तम्भ छ । त्यहाँ भारतीय परिवारको सानो बस्ती रहेको र सबै परिवार विहार राज्यको समदा कटैयाबाट आएको पुष्टि भएको छ ।

तर नेपाली प्रशासन भने बेखबर छ । यो अहिले सप्तरीको मात्र होइन नेपालका भू–भाग दशगजा, लिपुलेक, नालापानी लगायतका भू–भागमा भारतीयको कब्जा छ । मेचीदेखि महाकालीसम्म जतिपनि सीमा जोडिएका भू–भाग छन् सबैमा सीमा अतिक्रमणको समस्या उस्तै हो । बढी कम हुन सक्छ । देशमा करिब एक सय भन्दा बढी राजनीतिक पाटीहरु छन्, तर सीमा अतिक्रमण रोक्ने कुरामा कसैको चाँसो गएको देखिँदैन ।

नेपाल आमाको माया गर्ने कोही छैनन् । संविधानमा भूगोल सम्बन्धि स्पष्ट रुपमा नेपालको भूभाग भन्नाले यति वर्ग किलोमिटरको, यहाँदेखि त्यहाँसम्म, पूर्व–पश्चिम, उत्तर–दक्षिण फैलिएको लिपूलेक, सुस्ता कालापानीसहितको भूभाग हो भनि स्पष्ट किटान गरियो । तर दिनानुदिन नेपाली भू–भाग मिचिँदै छ । यस विषयमा राजनैतिक दलहरु चुकेका छन् । उनीहरु यो गम्भीर बिषय भन्दा सधँै सत्ता केन्द्रीत राजनीति मात्र गरिरहेका छन् । जसले गर्दा आज हामी यो सीमा जस्तो गम्भीर समस्या झेलिरहेका छौं । आत्मसम्मानको बिषयमा पनि शिर निहुराउनु पर्ने अवस्था छ । नेपाली नेतृत्व जनताप्रति कहिलै बफादार बन्न सकेनन् । बिदेशीको हस्तक्षेपकारी भूमिका देखिँदै गयो । जनताले हेरिमात्रै रहनुपर्यो । सन् १९५० को शान्ति तथा मैत्री सन्धिको असमानता अझैसम्म हटाउन नसक्नु हस्तक्षेपको पराकाष्ठा हो ।

कसरी सम्भव भयो बिदेशी हस्तक्षेप ?

बिदेशी हस्तक्षेप सम्भव हुनुको मुख्य कारण असफल नेतृत्व हो । हामीले नेता जन्मायौं तर सफल नेतृत्व जन्माउन सकेनौं । आज हाम्रा नेता नेपाली जनताको अधिनमा भन्दा भारतीय र अन्य बिदेशी शक्ति सञ्चयमा मस्त छन् । हामीले आन्दोलन गर्यौ तर त्यसको मर्म जोगाउन सकेनौं । संविधान बनायौं तर उचित कार्यान्वयन गर्न सकेनौं । हामीले सबै बर्ग, जाती, धर्म, सम्प्रदाय समेटेर संविधान कोर्यौ तर जनतालाइ बुझाउन सकेनौं । हामस्ले गणतन्त्र भन्ने शब्द भित्र्यायौं तर, उचित कार्यान्वयन गर्न र जनतालाइ अनुभुति हुन सक्ने गणतन्त्र ल्याउन सकेनौं । २०६३ जेष्ठ २१ गते छुवाछूत मुक्त राष्ट्र घोषणा गर्यौ तर बिदेशी निकाय जातीय मुद्दा उठाउँदै आजपनि नेपाली समाजको सूक्ष्म अध्यन गर्न गाउँका कुन कन्धराहरुमा भेटिन्छन् ।

अन्तरिम संबिधान २०६३ को धारा ८३ को उपधारा १ ले नेपाल सार्बभौमसत्ता मुलुक हो भनेर भनिसक्दा हामी जातीय, भाषिक, धर्मको नाममा अल्झिरह्यौं । जुन हाम्रो असफलता हो र बिदेशी सक्रिय हुने एउटा माध्यम भयो ।

तसर्थ, राज्यको नेतृत्व गर्नेहरु बिदेशी प्रभुको इसारामा झुमेका कारण उनीहरु केही बोलेनन् भन्दैमा हामी पनि तै चुप मै चुप हुनु हाम्रो पनि गल्ती हो । के हामीले जनस्तरबाट नै हाम्रो भूमि रक्षाको निम्ति पहल गर्न सक्दैनौं ? भारतीय एसएसबी नेपाली भू–भागमा प्रवेश गरेर दिन दाहाडै नेपालीको गोली हानी हत्या गर्छन् । के यो घटनाले अब पनि हामीलाई झस्काएन ? के अब पनि हामीले नेताकै निर्णयलाई मात्रै पर्खिराख्ने ?

अहिले फेरि नेपाली भूमिमा भारतीयद्वारा खेती गरियो भन्ने समाचार आएको छ । यसले झन नेपालीको मन नेताहरुप्रति कुडिएको छ । अब जनता नै सच्चा नेपाल आमाका सपूत भएर निस्किनुपर्ने बेला भएको छ । अब हामीले बिदेशीको लहलहैमा लागेर धर्म, जाती, भाषा, भेग जस्ता आन्तरिक कुरामा लुछाचुडी गर्ने होइन । हिजो के थियो होइन आज जे छ अब त्यसैमा रमेर सुन्दर नेपालको भबिष्य कोर्न सबै एकजुट भएर अगाडि बढन जरुरी छ ।

अब नेपाल द्वन्द्व होइन शान्ति र स्थायित्व चाहान्छ । अब हामी कसैको पन्जुलभित्र रहेर निर्देशित राजनीति होइन जनहित र दिगो विकास सहितको राजनीति चाहन्छौं । अब हामी कसैको हस्तक्षेप होइन, स्वतन्त्र नेपाल चाहन्छौं ।