अमेरिकामा नेपाली समुदायका विषयमा भ्रम फैलाइ झगडा गराउन खप्पीस विनोदकुमार नेपाल अदालत धाउनुपरेपछि केहि समय अगाडि कहीँ कतै कसैले लेखेका थिए लेख्दैमा अदालत पुग्नु पर्ने ? आफू स्वयम् कलम चलाउने भएकोले यो भनाइले मलाई केही सोच्न बाध्य बनायो । आखिर किन यसरी लेखे भने तर्फ मन गयो । घोत्लिए र निक्कै गहिरिएर यस बिषयमा कुरा केलाउन थालेँ । जसले जे लेखे पनि त्यो सरोकारको मेरो बिषय चाँहि भएन । र ,एउटा निष्कर्ष निकालेँ ।
ए बाबा ! प्रजातन्त्रको प्रकाशको किरण पुगेका सबै मुलुकमा लेख्न छुट छ । मुरीका मुरी लेखे पनि स्वतन्त्रता हुन्छ । लेखे भन्दैमा, हुने नहुने लेखेपछि अदालतमा पुग्नुपर्छ कि पर्दैन पढ्नेलाई भन्दा लेख्नेलाई ज्यादा थाहा हुनुपर्ने हो । खराब नियत र पूर्वाग्रहपूर्वक लेखेको लेखै छ, कुखुराको डाकमा पनि लेख्नसम्म लेखको छ, चर्पीमा बसेको बेलामा पनि लेखेको लेख्यै छ, मस्त निन्द्रामा पनि लेखेको लेखै छ भने अदालत न्याय दिने मन्दिर भएकोले दुधको दुध पानीको पानी आफै छुट्याई दिनेछ ।
लेख्दैमा मानिस अमेरिकाको राष्ट्रपनि बन्न सक्दैन, लेखेको लेखै गरे पनि बेलायतले प्रदान गर्दै आएको विक्टोरिया क्रस पनि पाउने हुदैन । लेख्दा सिमा भित्र लेख्नु पर्छ । लेख्दा लक्ष्मण रेखा नाग्नु हुदैन । सुन्दर लेख्नेको कदर हुन्छ, कुरूप लेख्नेको बदर हुन्छ । चाहिने लेखे मानिस ठुलो हुन्छ । नचाहिने लेखे मानिस सानो हुन्छ । मानवताको लागि लेखे मानिस अमर हुन्छ । असल लेख्ने कालजयी हुन्छ । खराब लेख्ने मानिस क्षणिक हुन्छ । उत्तम लेख्ने मानिस सुनको माला लगाउँदछ, खत्तम लेख्ने मानिस जुत्ताको माला लगाउँदछ ।
सत्य लेख्दा स्थायी हुन्छ, असत्य लेख्दा अस्थायी हुन्छ । मन गढ़ंते कुरा लेख्दा छि छि दुरदुर हुन्छ । यथार्थ र सत्य लेख्दा वाह वाह हुन्छ । अर्काको धज्जी उडाउने गरि लेखेको छ भने अल्पजीवि हुन्छ । अनुसन्धानात्मक रुपमा लेखेको छ भने दिर्घजीवि हुन्छ ।
तार्किक लेख्नेले हात्ती चढ्छ । पुङ्ग र पुच्छरको लेख्ने गधा चढ्छ । अरुले ऋण लिएर ऋण नतिरेको जस्तो गरि लेखेको लेखै गर्यो भने अदालत जानु पर्छ, बिकृति र विसंगतिबिरुद्ध लेखेको लेखै गर्दा ऋण र सापट पाइन्छ तर यसको बिपरित गर्यो भने अदालतमा नै झापड पाइन्छ । अरु सबै गलत भनी लेखेको लेखै गरियो भने भारतको राचीबाट नै अदालत जानुपर्ने हुन्छ । पढुँ पढुँ लाग्ने लेखेको लेखै गरे विश्वकै धनी मानिस बिल गेट भइन्छ, एकहोरो र हेर्दा नै पूर्वाग्रहपुर्वक लेखेको लेखै गरे विश्वकै सबैभन्दा गरिब युगोस्लाभियाका पूर्वराष्ट्रपति जोस अल्बर्टो पेपे जस्तो भइन्छ ।
कानुनले लेख्ने स्वतन्त्रता दिएको छ । जे जे मन लाग्यो त्यही बारेमा लेखेको लेखै गर्ने हो भने लेखेको लेखै गर्ने बिरुद्ध कानुन पनि त बनेको छ । भए नभएको कुरा लेख्ने ,प्रमाण पुर्याउन हम्मेहम्मे पर्ने कुरा लेखेको लेखै छ भने कानुनले लेखेको सिद्ध गर भनी पनि जुनै पनि मुलुकमा कानुन निर्माण गरिएको पनि छ ।
अध्ययनशील व्यक्तिले लेखेको लेखै गरे ऊ नायक हुन्छ । अपूरो, अर्ध, असत्य, भ्रामक, आग्रह, पूर्वाग्रह, कुनियतिपुर्वक लेखेको लेखै गर्ने खलनायक हुन्छ । समाज परिवर्तन गर्न लेखेको लेखै गर्ने मानिस जनताद्वारा स्वीकृत हुन्छ । समाज भड्काउने गरि लेखेको लेखै गर्ने मानिस जनताद्वारा अस्वीकृत हुन्छ ।
तानाशाही मुलक बाहेक प्रजातान्त्रिक राष्ट्रहरुमा लेख्दैमा अदालत धाउनु कदापी पर्दैन । बाह्र सत्ताइसका कुरा दोचारे अदालतमा पुग्नु पर्ने पनि हुन सक्दछ । सत्य र तथ्य कुरा पस्किन सके जनताले खोजी खोजी हिड्ने छन् । मिथ्या कुराहरु लेखेको लेखै गरे जनता चार कोष टाढा भाग्ने छन । लेख्दा धर्म नछोडी लेखेको लेखै गर्ने बानी बसाल्नु पर्छ । प्रजातान्त्रिक मुलकमा सत्य र तथ्य लेखेको लेखै गर्ने हो भने विश्वको कुनै पनि राष्ट्रको अदालतले लेख्नेलाई कारबाही गरेको छैन र गर्दैन पनि ।














प्रतिक्रिया