१४ कार्तिक २०८३, शनिबार

बसपार्कमा मध्यरातमा बसभित्र किशोरी बलात्कृत

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर

काठमाडौं, २६ चैत । ललितपुरको बालकुमारी बसपार्कमा १४ वर्षीय किशोरी मध्यरात बसभित्र बलात्कृत भएको खुलासा भएको छ ।

ललितपुर प्रहरी परिसर र अपराध महाशाखा ललितपुरको टोलीले ती किशोरीलाई बलात्कार गरेको आरोपमा सिन्धुपाल्चोक सिरुवारीका सागर नेपालीलाई पक्राउ गरेको छ । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।

गत चैत १८ गते साँझ दाईसँग झगडा गरी डेराबाट निस्कीएकी सप्तरीको कन्चनपुरकी ती युवतीलाई सागरले सोही दिन राती बालकुमारी बसपार्कमा रोकि राखेको बसभित्र बलात्कार गरेका थिए ।

राती साढे १२ बजे युवती बसभित्रबाट चिच्याएपछि सागर फरार भएका थिए । सागर बा १ ख ६९६६ नम्बरको उक्त बसको सहचालक हुन् । घर छाडी बाटोमा हिँडिरहेकी ती युवतीलाई साँझ आठ बजे बालकुमारीमा रोकेर सागरले आफुले घर पुग्ने बससम्म पुर्‍याईदिने भन्दै फकाएका थिए ।

त्यसपछि उनले नजिकैको होटलमा खाना खुवाएर बसभित्र ल्याएका थिए । ‘ललाई पखाई गरेर घर पुग्ने बसम्म पुर्‍याईदिन्छु भनेपछि ती युवती मानिछन् र सागरले भने अनुसार गर्दै गईछन् ।

तर मध्यरातमा जर्बजस्ती गरेपछि ती युवती चिच्याएको र नजिकमा मान्छेहरु जम्मा भएपछि सागर फरार भएको पाईएको छ’, ललितपुर प्रहरी परिसरका डीएसपी इश्वर कार्कीले भने ।

सागरले चक्रपथ गुड्ने उक्त गाडी काम सकेर बालकुमारीमा पार्किङ गरेर राखेका थिए । घटना लगत्तै उनी भागेर सिन्धुपाल्चोकमा लुकेर बसेका थिए ।

लगनखेल बस्दै आएका ३१ वर्षिय सागर अविवाहित हुन् । ती युवती बालकुमारीमा दाईसँग बस्दै आएको र दुई दिनअघि मात्र काठमाडौं आएको प्रहरीले जनाएको छ ।

‘यी किशोरी काठमाडौंमा नयाँ हुन् । उनले नत ड्राइभरको नाम भन्न सकिन् नत दाईको डेरा पुग्ने बाटो नै बताउन सकिन्’, डीएसपी कार्कीले भने ।