३ कार्तिक २०८३, मंगलबार

औद्योगिक व्यापार मेलामा ४ दिनमा चार करोडको कारोवार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भक्तपुर, २५ चैत । भक्तपुरमा चैत २२ गतेदेखी शुरु भएको औद्योगिक, साँस्कृतिक तथा व्यापार मेलाको चौथो दिनमै ४ करोडको कारोवार भएको छ ।

उपभोक्तालाई एकै थलोबाट सम्पूर्ण सामान उपलब्ध गराउने उद्देश्यले बैशाख २ गतेसम्म चल्ने मेलाको चौंथो दिनमा ४ करोडको कारोवार भएको आयोजक औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दिप महतले जानकारी दिए ।

मेलामा बिक्री गरिने सामानहरुमा २५ प्रतिशतदेखि ५० प्रतिशतसम्म छुट दिने ब्यवस्था गरिएकाले उपभोग्य सामग्री किन्नेको भिड लागेको आयोजकले जनाए । मेलामा दैनिक राष्ट्रिय स्तरका कलाकारहरुको सांगितिक प्रस्तुतीका साथै हाँस्य व्यङ्ग्य प्रस्तुती राखिएकै कारण सांगितिक प्रस्तुती हेर्नकै लागि पनि दर्शकको भिड लागेको कार्यक्रम संयोजक दिपक थापाले जानकारी दिए । मेलामा शुक्रबार कोमल वली, द एक्स व्याण्ड, अविनास घिसिङ्ग र रितु कँडेलको सांगितिक प्रस्तुती हेर्न दर्शकको भिड लाग्यो ।

औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर व्वाइज व्याण्डले भक्तपुरको सल्लाघारीमा आयोजना गरेको मेलामा अटोमोवाईल, राष्ट्रिय तथा स्थानीय खाना महोत्सव, बिभिन्न ब्राण्डका मोवाईल, ईलेक्ट्रोनिक्स सामानलगायतका २ सय २५ स्टल रहेको संस्थाका अध्यक्ष सन्दिप महतले जानकारी दिनुभयो ।

मेलामा दैनिक उपभोग्य सामाग्रीहरु, खाद्यान्नका सामाग्रीहरु, बिभिन्न्न प्रकारका लत्ताकपडा, जुत्ताहरु, कृषि तथा हस्तकलाका सामाग्रीहरु, भाँडाकुडाका सामाग्रीहरु, पर्यटन प्रवद्र्धन गर्ने स्टल रहेको छ भने सात दर्जनभन्दा बढि राष्ट्रिय तथा स्थानीय कलाकारहरुले प्रस्तुती दिनेछन् । मेलाको नेकपा एमालेका महासचिव इश्वर पोखरेलले उद्घाटन गरेका थिए ।