काठमाडौं, २५ चैत । एन आई सी एशिया बैंकको विभिन्न ५ स्थानमा रहेका नयाँ शाखाहरुको एकैसाथ आज एक समारोहका बिच विधिवत् समुद्घाटन गरिएको छ ।
ती शाखाहरुमध्ये बर्दघाटस्थित ८१ औं तथा तानसेनस्थित ८८ औं शाखाको उद्घाटन एन आई सी एशिया बैंकका संचालकद्वय राजेन्द्र प्रसाद अर्याल र बिनोद कुमार प्याकुरेलले संयुक्त रुपमा गरे ।
त्यसैगरी लम्कीस्थित ८४ औं तथा टिकापुरस्थित ८९ औं शाखाको उद्घाटन हिम रावल र उद्योग वणिज्य संघका केन्द्रिय सदस्य गोपाल हमालले संयुक्त रुपमा गरे । त्यस्तै, हिलेस्थित ८६ औं शाखाको उद्घाटन धनकुटा उद्योग वाणिज्य संघका अध्यक्ष उमेश घिमिरेले गरेको प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसालले जानकारी दिए ।
उनका अनुसार शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एन आई सी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक हो ।
बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।















प्रतिक्रिया