३ कार्तिक २०८३, मंगलबार

एनसेलको तीनदिने मेलामा सिंजालीले पाए मोवाइल सेट

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– अनिल खत्री

गुल्मी, २५ चैत । एनसेलको तिन दिने मेला गुल्मीमा सम्पन्न भएको छ ।

चैते दसैको अबसर पारेर गुल्मीको छत्रकोट गाउँपालिकामा सम्पन्न मेलामा बम्पर उपहारमा एक जनाले मोबाइल सेट प्राप्त गरेका छन् । एनसेल मेलामा सिम खरिदमा बिभिन्न उपहार योजना राखिएको थियो ।

मेलामा रु १ सयमा २ वटा सिमकार्ड सिमा लिदा बिभिन्न उपहारहरु टिसट, टोपी, एनसेल डायरी, केटाकेटीका खेलौनाहरु, क्रिकेट व्याट, किरिङ्ग लगायतका उपहारहरु प्रदान गरिएको थियो । मेलामा सिमकार्ड खरिद गर्नेहरुबाट बम्पर उपहार योजना अन्र्तगत छत्रकोट गाउँपालिकाका बिनय सिंजालीले एक सेट मोबाइल प्राप्त गरेका छन् ।

सिमकार्ड खरिद गर्नेहरुबाट चिठ्ठाअन्तर्गत गोलाप्रर्था मार्फत सिंजालीलाई जिबी कम्पनीको मोवाइल प्राप्त गरेको एनसेल गुल्मीका अधिकृत बिक्रेता जनक पन्थले जानकारी दिए । गोप्रर्थाबाट बिजेता सिंजालीलाई गुल्मीका अधिकृत बिक्रेता जनक पन्थले हस्तातरण गरेका थिए । मेलामा ४ सय २९ जनाले एनसेलको सिमकार्ड खरिद गरेका थिए ।

चैते दसैको अबसरमा छत्रकोट गाउँपालिका अन्र्तगत चोयगामा स्थानिय मन्दीर व्यावस्थापन समितिले बिबिध कार्यक्रमहरु गर्दै आएको छ । धर्मिक तथा ऐतिहासिक स्थल चोयगामा लाग्ने मेलालाई लक्षित गरेर एनसेलले पनि तिन दिने मेला आयोजना गरेको थियो ।