३ कार्तिक २०८३, मंगलबार

गुल्मीमा निर्माण व्यवसायीहरू आन्दोलित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– अनिल खत्री

गुल्मी, २५ चैत । सरकारले निर्माण व्यवसायीहरूलाई वेवास्ता गरी उपभोक्ता समितिलाई ६० लाखबाट बढाएर एक करोड रकमसम्मको काम गर्ने अधिकार दिएको भन्दै निर्माण व्यवसायीहरूले त्यसको विरोध जनाएका छन् ।

सरकारले उक्त निर्णय तत्कालै हटाउनु पर्ने माग गर्दै निर्माण व्यवसायी संघ गुल्मीले मंगलवार प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद ढुंगानामार्फत प्रधानमन्त्रीलाई विरोध पत्र बुझाएको हो ।

सरकारले गत फागुन २६ गते गरेको सार्वजनिक खरिद नियमावली पाँचौ संशोधनमा उपभोक्ता समितिलाई मौजुदा ६० लाख रकमलाई वृद्धि गरी एक करोड पुगाएको र हेवी ईक्यूप्मेन्टहरू समेत प्रयोग गर्न सक्ने अधिकार दिएको विरोधमा निर्माण व्यवसायीहरू आन्दोलित हुन वाध्य भएको निर्माण व्यवसायी संघ गुल्मीका अध्यक्ष नारायण पोख्रेलले बताए ।

उपभोक्ता समिति नियमित व्यवसायी नभएको भन्दै उनीहरूले उपभोक्ता समितिलाई सरकाले दोश्रो निर्माण व्यवसायी बनाउन खोजेको आरोप समेत लगाए ।