१४ कार्तिक २०८३, शनिबार

स्थानीय तहको निर्वाचनमा उम्मेदवार नपाए के गर्ने ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर

काठमाडौं, २५ चैत । स्थानीय तहको निर्वाचनमा दलित र अल्पसंख्यक समुदायबाट उम्मेदवार नै नपाइए के गर्ने भन्ने विषय अन्योलमा परेको छ ।

निर्वाचन ऐनले तोकेको व्यवस्थाअनुसार सो समुदायबाट उम्मेदवार नपाइएमा कुनै व्यवस्था नभएकाले अन्योलमा परेको हो । राजधानी दैनिकले समाचार छापेको छ ।

‘स्थानीय तह निर्वाचन ऐन २०७३’ को दफा ६ को उपदफा (२) अनुसार गाउँपालिका र नगरपालिकाको प्रत्येक वडामा निर्वाचित हुने दुईजना महिला सदस्यमध्ये एकजना दलित महिला हुनैपर्छ ।

तर, कुनै वडामा दलित समुदायको बसोबास नै छैन भने दलित महिलाका ठाउँमा कसलाई निर्वाचित गर्ने भन्ने अन्योल देखिएको छ ।

वडा तहमा उम्मेदवार बनाउनका लागि दलित महिला नपाइएको खण्डमा के गर्ने भन्ने विषयमा कानुनी अस्पष्टता रहेको छ ।

निर्वाचन आयोगले भने दलित महिला उम्मेदवार नपाइए दलित महिलाको पद खाली हुने जनाएको छ । तर, उम्मेदवार नपाइएको खाली हुने व्यवस्था भने कहीँ पनि उल्लेख गरिएको छैन ।