३० आश्विन २०८३, शुक्रबार

तीन सय वर्षपछि यस वर्ष दसैंको नवमी र दशमी एकै दिन

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

dashain_tika

काठमाडौं, १४ असोज । करिब तीन सय वर्षपछि यस वर्ष बडा दसैंको नवमी र दशमी एकै दिन परेपछि नेवाः समुदायको मोहनी चाड मनाउने दिन फरक फरक हुने भएको छ ।

नेवार समुदायमा नवमीको दिन घरमा ज्यावल, हतियार, गाडी, ज्यासल, पुस्तकलगायत पूजा गरेर मोहनी चाड मनाइन्छ । भने बौद्धमार्गीहरुले दशमीको दिन सम्राट अशोकले शस्त्रास्त्र त्यागेको दिनको स्मरणमा मोहनी चाड मनाउने गरिएको छ ।

मोहनी चाड अष्टमीबाट तीन दिन लगातार मनाउने परम्परा रहेपनि यस वर्ष नवमी र दशमी एकै दिन असोज १७ गते परेकाले काठमाडौं, ललितपुर, भक्तपुर र उपत्यकाबाहिर नेवार समुदायले फरक फरक दिन मोहनी चाड मनाउन लागेको नेवाः देय् दबूका अध्यक्ष नरेश ताम्राकारले बताए ।

नेपाल पञ्चाङ्ग निर्णायक समिति र क्वाःबहाः गुठीले असोज १५,१६ र १७ गते मोहनी चाड मनाउने निर्णय गरेको छ भने काठमाडौंस्थित जनबहारः गुठीले १६,१७ र १८ गते अष्टमी नवमी र दशमी मानेर चाड मनाउने निर्णय गरेको छ । भक्तपुरको तलेजु भवानी गुठीले अष्टमी र नवमी १६ र १७ गते मनाउने तयारी गरेको आजको गोरखापत्र दैनिकमा समाचार छ ।

 

छ ।