काठमाडौं, २४ चैत । उद्योग मन्त्री नवीन्द्रराज जोशीले पुनर्निर्माणको अहिलेको समयमा सिमेन्टमा मूल्य वृद्धि गरिएको मूल्य वृद्धिलाई पुर्नर्विचार गर्न नेपाल सिमेन्ट उत्पादन संघको ध्यानाकर्षण गराउनु भएको छ ।
नेपाल सिमेन्ट उत्पादन संघले हालै सिमेन्टमा प्रति वोरा २० देखी २५ रुपैंया सम्म मूल्य बृद्धि गरेको कुरा सार्वजनिक भए पछि उद्योग मन्त्री जोशीले नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष धु्रव थापालाई विहीवार उद्योग मन्त्रालयमा बोलाएर मूल्य वृद्धिको निर्णय पुनर्विचार गर्न आग्रह गर्नुभएको हो ।
भेटमा नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुव थापाले सिमेन्ट उत्पादनका लागी प्रयोग गरिने कच्चा पदार्थ क्लिङ्गरको मूल्य वृद्धि भएका कारण मूल्य बढेको भन्दै उत्पादकहरु सँग छलफल गरी यसमा के कति पुनर्विचार गर्न सकिन्छ भन्ने बिषयमा आगामी आईतवार उद्योग मन्त्रीसँग पुन छलफलमा बस्ने बताउनु भयो ।
















प्रतिक्रिया