२९ आश्विन २०८३, बिहिबार

एनआरएन थाइल्याण्डका उपाध्यक्ष मृत अवस्थामा भेटिए, मृत्यु शंकास्पद

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Dil-bahadur-thapa-hari

बैंकक, १४ असोज । एनआरएन थाइल्याण्डका उपाध्यक्ष दिलबहादुर थापा (हरि) मृत अवस्थामा भेटिएका छन् ।

थाइल्याण्डको राजधानी बैंककको सुकुम्भीत ७१ स्थित आफ्नै कार्यालयको शौचालयमा सोमबार बिहान झुण्डिएको अवस्थामा उनको शव भेटिएको हो । मृतकको शव परीक्षणका लागि बैंकक प्रहरीले अस्पताल गएको छ ।

घटनाको प्रकृति हेर्दा निकै शंकास्पद देखिएको बताइएको छ । थाइल्याण्डका सफल व्यवसायी समेत रहेका थापाले आत्महत्या गरेको आफूले विश्वासै गर्न नसक्ने एनआरएन थाइल्याण्डका अध्यक्ष खगेन्द्रराज ढकालले दैनिक नेपाल डटकमलाई जानकारी दिनुभयो । आफूहरुले प्रहरी र पोष्टमार्टम रिपोर्ट पर्खिरहेको उहाँले बताउनुभयो ।

दशैंको पूर्वसन्ध्यानमा थापाको निधनले थाइल्याण्डमा रहेको नेपाली समुदाय शोकमा डुबेको छ । बागलुङ घर भएका थापा खाद्यान्न सम्बन्धी सप्लायर्सको व्यवसाय गर्दै आएका थिए ।