३ कार्तिक २०८३, मंगलबार

पाँचथरमा ५ सय चौँरीको प्रदर्शन हुने

462
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– कृष्ण ओझा

पाँचथर, २२ चैत । पाँचथरको फालेलुङ गाउँपालिकाको चाररातेमा पाँच सय चौँरीको प्रदर्शन गरिने भएको छ ।

चौँरीपालन व्यवसाय घट्दै गएपछि किसानलाई चौँरीपालनतर्फ आकर्षण गराउन लागिएको हो । त्यस क्षेत्रका पाँच सय चौँरीको प्रदर्शन गरिने भएको छ । प्रदर्शनी आगामी वैशाख १ गते हुनेछ ।

सुर्केथाम दुग्ध उत्पादक सहकारी संस्थाले चौँरी महोत्सव आयोजना गरी प्रदर्शन गर्ने भएको छ ।

महोत्सवमा चौँरीसँगै चौँरीको दुग्धजन्य पदार्थ, भेडाको घ्यू तथा उनबाट उत्पादित वस्तु, जडिबुटी तथा कृषिजन्य वस्तुको स्टल राखिनेछ ।
महोत्सवमा नेपाल र भारतका गरी १ हजार जनाले अवलोकन गर्ने अनूमान रिएको छ ।

महोत्सवले चौरीपालन व्यावसायलाई व्यवस्थित र आधुनिकिकरण गरी चौरी पर्यापर्यटन विकासमा सहयोग पुग्ने महोत्सव मूल व्यवस्थापन समितिका सदस्य डिल्ली केरुङको विश्वास छ ।

उनले यससँगै पशुपतिनगर, मानेभञ्ज्याङ, तुम्लिङ, कालपोखरी, सन्दकपुर, चारराते, शिखरगुम, फालोट, तीन सिमाना हुँदै कञ्चनजँघा हिमालको दक्षिणि आधार शिविर रामजेरसम्मको वैकल्पिक पर्यटकिय पदमार्ग निर्माणमा सघाउ पुग्नेछ ।

जैविक विविधता साथै चौरीको दुग्धजन्य पदार्थको अन्तर्राष्ट्रिय बजारीकरण, बन एनेको अधिनमा रही लोपोन्मुख जडिबुटीको उद्यान निर्माण गरी पर्यटकीय आकर्षण बढाउन, चौरी चरन क्षेत्रको दिगो व्यवस्थापनमार्फत स्थानीय रोजगारी सिर्जना गर्न,उच्च हिमाली क्षेत्रको बन वातवरण, संरक्षणसम्वन्धि सचेतनामा सघाउ पुग्ने दावी गरेका छन् ।