२९ आश्विन २०८३, बिहिबार

विनोदकुमार नेपालले मेटाए एकाएक प्रमाण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

binod-kumar-nepal

विजय थापा

भर्जिनिया, अमेरिका । अमेरिकामा व्यक्तिगत रुपमा संचालनमा रहेको ब्लग सिधा सवालले अचानक दि एसोसिएसन अफ नेपलिज इन अमेरिका (एएनए) को बारेमा लेखेका सम्पूर्ण समाचार मेटाएको छ ।

एएनए र नेपाली समुदायका बारेमा तथानाम लेख्दै आएको व्लगका संचालक विनोदकुमार नेपाललाई मुद्दा परेपछि उनले प्रमाण मेटाएका हुन् ।

यदि उनले सत्यतथ्य लेखेका थिए भने किन मेटाउँदैछन् व्गलबाट ? अमेरिकामा नेपाली समुदायमा चासोको बिषय बनेको छ ।

‘कलम चलाउनेले सच्याउने र संसोधन गर्दछन । तर, पूराका पूरा आफू स्वयमले लेखेको मेटाउनु भनेको ुआफूले गल्ती स्वीकार गर्नु हो, या चुनौती सामना गर्न नसक्नु हो’ – एक नेपालीको प्रतिक्रिया छ ।

करिब ५ बर्ष देखि भूमिगत रुपमा नै बसोबास गर्दै आएका बिनोदकुमार नेपालविरुद्ध यतिबेला मानहानीको मुद्दा परेको छ । यही अभियोगमा उनी अदालत धाइरहेका छन् । अदालतबाट हार्ने अवस्था सिर्जना भएपछि उनले आफ्ना गल्तीहरु मेटाउन खोजेको एएनएका एक पदाधिकारीले बताए ।

एएनएको अन्तरिम समितिलाई सन् २०११ देखि लगातार भ्रामक समाचार लेखि रहेका उनले गरेको पोष्ट सामाजिक संजालमा प्रशस्त भेटिन्छ । एएनएका समाचार उनले यसरी दोश्रो पटक मेटाएका हुन्, यो भन्दा अगाडि पनि सामाजिक सन्जालमा एकोहोरो रुपमा २ दर्जन भन्दा लेखेपछि एएनएकोतर्फ बाट चालिएको कदम थाहा पाउने बिीत्तकै उनले सबै मेटाएका थिए ।

उनीलाई मानहानी मुद्धामा अगस्त ४ तारिखमा डिसी अदालतमा बोलाइएको जानकारी उनले आफ्नै ब्लग मार्फत तानासाही कम्युनिस्ट भएको प्रमाण गरिदिन्छु भनि समाचार पठाएका थिए तर उनी आफै अदालत गएनन् ।

उनी अदालतमा उपस्थित नहुँदा उनका वकिललाई बिनोद कुमारले एएनएबिरुद्धमा किन यसरी लेखिरहन्छ ? यसो गर्नुहुन्छ ? भनी न्यायाधिशले सोधेपछि बिनोदकुमार नेपालले लेखन कार्य बन्द गरेका थिए ।

परदेशी भुमिमा विनोदकुमार एक पात्र मात्र हुन्, जसले समाजमा भाँगो हाल्ने र फुटाउने काम मात्रै गरिरहेका छन् । उनले मानहानीको मुद्दा खेपेपछि उनीबाट प्रताडित भएको नेपाली समाजले सन्तोषको सास फेरेको छ ।