२९ आश्विन २०८३, बिहिबार

यस्तो पनि चलन ! जहाँ महिला खुशीसाथ पुरुषको हातबाट हरेक दिन पिटाई खान्छन्

518
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी । संसारमा अचम्म लाग्ने परम्पराहरु देख्न सकिन्छ । खार गरेर आदिबासी र पिछडिएका बर्गहरुमा अचम्म लाग्ने खालका परम्पराहरु भेटिन्छन् ।

अचम्मका परम्पराहरुमध्ये इथोपियाको एक जनजातिमा पनि भेट्न सकिन्छ । जुन जनतातिका महिला हरेक दिन पुरषको पिटाई खुशीका साथ खान्छिन् । एक फ्रेच फोटोग्राफर ‘एरिक लेफोर्ग’ले इथोपियाका ह्यामर जनजातिको तस्बिर खिचेका छन् । उनले यहाँका मानिस धेरै फरक भएको बताएका छन् ।

उनले पुरै इथोपिया घुमेका छन् । ह्यामर जनजातिको रहन–सहन र मन पर्ने र नपर्ने कुराहरुको जानकारी संकलन गरेका छन् । उनले यो जातीको लुकेको परम्परालाई रोचक तस्बिरमा कैद गरेका छन् ।

यो जातिका मानिस क्याटल जम्पिङ्ग सेरेमनी मान्ने गर्छन् । जुन समारोहमा १५ वटा गाई एकै साथ छोड्ने गर्छन् । ती गाईलाई एक युवकले दौडाएर निश्चित रेखा पार गराउनुपर्ने हुन्छ । यदि कुनै युवक यसमा असफल भएमा उसको विहे हुँदैन । साथै महिलाहरु पनि उनलाई निकै पिट्ने गर्छन् । त्यसपछि युवकको घरपरिवारका सबै महिलालाई पनि पिट्ने गरिन्छ ।

उनीहरुलाई पिट्न पुरुषहरुको छुट्टै संगठन नै हुन्छ । जुन संगठनलाई ‘माजा’ भनिन्छ । पिट्ने काम तबसम्म रोकिँदैन जबसम्म महिलाको शरीरबाट रगत बग्दैन । यसक्रममा कोही पनि महिला भाग्दैनन् । उनीहरु उल्टै रमाइलो गरेर पिटाई खाइरहेका हुन्छन् ।

यसरी पिटाई खाने काम समारोहमा मात्रै सीमित हुँदैन । महिलाहरुलाई तबम्म पिट्ने काम गरिन्छ जबसम्म उनको दुईवटा बच्चा हुँदैनन् । उनीहरु यो परम्परालाई गलत मान्दैनन् । महिलाहरु पनि यसरी खाने पिटाईलाई आफ्नो हिम्मत ठान्छन् ।