३ कार्तिक २०८३, मंगलबार

अदुवाले भाउ नपाउँदा किसान चिन्तित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तनहुँ, २० चैत । अदुवाको मोल पाइने आशामा लामो समयदेखि अदुवा नखनी बारीमै राखेका किसानहरु अन्ततः निराश भएका छन् ।

भिमाद नगरपालिका १ का अदुवा व्यापारी भनेर चिनिने धनबहादुर थापाका अनुसार यतिखेर अदुवा केवल ४० रुपैया प्रति धार्नीमा खरिद भइरहेको बताए ।

त्यस्तै भिनपा १, किहुँका अर्काे अदुवा व्यापारी गुणाखर सिग्देलका अनुसार किहुँ र त्यसको आस–पासहरुका क्षेत्रमा प्रति धार्नी रु २५ देखि २९ सम्ममा खरिद गर्ने गरेको बताए । उनीहरुका अनुसार किसानहरु डोकाभरि अदुवा लिएर आउछन् र नाममात्रको रुपैया लिएर फर्कदा उनीहरुलाई समेत लाज लाग्ने गरेको बताए ।

नारायण कैलाश सिग्देलबाट ।