इलाम । इलामको गोदक–१ राजदुवालीमा रहेको माई भगवती वृद्धाश्रमलाई इलाम समाज युकेले दुई लाख १९ हजार बराबरको सामग्री हस्तान्तरण गरेको छ ।
समाजका सल्लाहकार डिल्लीकुमार गुरूङले वृद्धाश्रमकी अध्यक्ष विष्णु दाहाललाई शुक्रबार सहयोग सामग्री हस्तान्तरण गर्नुभएको हो ।
समाजले वृद्धाश्रममा १६ थान फलामका पलङ, १६ थान डस्ना र १६ थान सिरानी हस्तान्तरण गरेको हो ।
युके निवासी करिब दुई सय इलामका दाजुभाइ तथा दिदीबहिनीले चन्दा सङ्कलन गरी वृद्धाश्रमलाई सहयोग प्रदान गरेको सल्लाहकार गुरूङले बताउनुभयो ।
महिला जागरण सङ्घ इलामद्वारा सञ्चालित वृद्धाश्रममा अहिले ११ जना वृद्धवृद्धा रहेका छन् ।














प्रतिक्रिया