१४ कार्तिक २०८३, शनिबार

मतदाता नामावली र परिचयपत्र छपाइ आजदेखि

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० चैत । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले आइतबारबाट मतदाता नामावली र मतदाता परिचयपत्रको छपाइ सुरु हुने बताउनुभएको छ ।

आयोगले एक करोड ४० लाखभन्दा बढी मतदाता हुने अनुमान गरेको छ भने आइतबार बस्ने बैठकले मतदाताको ठ्याक्कै सङ्ख्या सार्वजनिक गर्ने जनाएको छ । गोरखापत्र दैनिकले समाचार छापेको छ ।

प्रमुख आयुक्त यादवले सुरक्षाकर्मीलाई सुरक्षाको बलभन्दा पनि बुद्धि बढी लगाउन निर्देशन दिनुहुँदै आइपरेका समस्याको समाधान वार्ता र संवाद गरेर समाधान गर्नुहोस् भन्नुभयो । निर्वाचनमा खटिने चारवटै सुरक्षा निकायका सुरक्षाकर्मीलाई केन्द्रीयस्तरको प्रशिक्षक प्रशिक्षण कार्यक्रमको शनिबार समापन गर्नुहुँदै यस्तो उहाँले धारणा राख्नुभएको हो ।

नेपालका सुरक्षाकर्मी निर्वाचनमा सुरक्षा दिनका लागि समक्ष छन् भन्दै प्रमुख आयुक्त यादवले सुरक्षाकर्मीको उपस्थितिमै शान्तिपूर्ण रूपमा अरू कसैले मतदान केन्द्र कब्जा गर्न सक्छ, यस्ता घटना भएका पनि छन्, त्यस्तो हुन नदिन र आफ्नो पोशाकको मर्यादा राख्न अनि कठिन समयमा विवेकपूर्ण निर्णय लिनुपर्छ भन्नुभयो । उहाँले निर्वाचनमा हत्या, हिंसाको वातावरण कतै नहोस्, उम्मेदवारले सहज रूपमा प्रचार प्रसार गर्न सकून् र मतदाताले मतदान गर्न सकून् भन्नुभयो ।

प्रमुख आयुक्त यादवले स्थानीय तह निर्वाचनका लागि ७४४ वटा स्थानीय तहमा निर्वाचन प्रयोजनका लागि खटिने मुख्य निर्वाचन अधिकृत र मतदान अधिकृत आइतबार नियुक्त गरिने जानकारी दिनुभयो । आइतबार बस्ने बैठकले ७५ जना मुख्य निर्वाचन अधिकृत र ६६९ जना मतदान अधिकृत नियुक्त गर्ने तयारी आयोगले गरेको छ ।