भैरहवा, १९ चैत । त्रिभुवन विश्वविद्यालयको कानुन विषयमा अध्ययनरत विद्यार्थी र शिक्षकबीच झुठ्ठा मुद्धामाथि केन्द्रित भएर एकदिने अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै बुटवल बहुमुखी क्याम्पस कानुन संकायका प्रमुख उपप्राध्यापक शालिकराम बन्जाडेले मुद्धाको प्रकृति, शैली, जाहेरी, बस्तुगत मुचुल्का, बहस, पैरबी, फैसला र कार्यन्वयनको बारेमा जानकारी गराएका थिए ।
अधिवक्ता समेत रहेका बन्जाडेले मुलुकमा न्यायलयको संरचना पनि बदलिए संगै कानुनको महत्व झनै बढेर गएको बताए । उनले राज्यको पुनर्संरचना अनुसार अब स्थानिय तहका महानगर, उपमहानगर, नगरपालिका र गाउपालिकाहरुमा कानुनि सल्लाहकार बैतनिक रुपमै राख्नेगरी सरकारी तयारी भएकोले कानुनको अध्ययन गरेका दक्ष जनशक्तिको आवश्यक्ता झनै बढेर जाने धारणा राखे ।
बुटवल बहुमुखी क्याम्पसमा एलएलबी अध्ययनरत विद्यार्थी अनुप पोखरेलको सभापतित्व, नरेश के.सी.को सन्चालन तथा सरिता श्रीसको स्वागतमा सम्पन्न उक्त कार्यक्रममा कानुन विषय अध्ययनरत विद्यार्थिहरु र शिक्षकहरुबीच झुठ्ठा मुद्धाको बारेमा केन्द्रित भएर अन्तरक्रिया भएको एलएलबी अध्ययनरत विद्यार्थि कमल रायमाझीले जनाए ।
विगत ३ दशक अगाडीेदेखी बुटवल बहुमुखी क्याम्पसमा एलएलबीको पठन पाठन हुन थालेता पनि पहिलो पटक विषयवस्तु माथी केन्द्रित रहेर अन्तरक्रिया भएको सो अवसरमा जानकारी गराइएको थियो । स्थानिय तहको महानगर, उपमहानगर र नगरपालिकामा उपमेयर तथा गाउपालिकाको उपाध्यक्षले मुद्धा हेर्नेगरी स्थानिय निकायको कामको जिम्मेवारी बाडफाड गरिएसंगै राजनितीक हिसाबले पनि स्थानिय तहमा कानुनको औपचारीक ज्ञानको महत्व झनै बढेर गएकोले एलएलबी पढ्ने विद्यार्थिहरुको चाप बढेर गएको देखिएको छ ।












प्रतिक्रिया