२० कार्तिक २०८३, शुक्रबार

म्यादी प्रहरीको तालिम लिने क्रममा बेहोस भएर तीन जनाको मृत्यु

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ चैत । म्यादी प्रहरीमा भर्ना हुने बेला बाँके, मोरङ र खोटाङमा तीन जनाको मृत्यु भएको छ ।

बाँकेमा तालिमका क्रममा २९ वर्षीय टोलबहालुर थारुको मृत्यु भएको हो । शनिबार एक किलोमिटर दौड सकेर सेटअप गर्ने क्रममा उनी बेहोस भएर लडेका थिए । उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरी उपरीक्षक टेकबहादुर राईले जानकारी दिए ।

खोटाङ जिल्लामा पनि एक जना युवकको मृत्यु भएको छ । सतेश्वरका २४ वर्षीय किशोर निरौलाको मृत्यु भएको हो । तालिमका क्रममा बेहोस भएका उनको उपचारका क्रममा निधन भएको थियो ।

मोरङको बिराटनगरका तुलसी राजवंशीको लडेर निधन भएको प्रहरी नायव महानिरीक्षक रमेश भट्टराईले जानकारी दिए ।Ê