दाङ, १९ चैत । गोली प्रहार गरी हत्या गरेको अभियोगमा फरार रहेका घोराही नगरपालिका–३ बस्ने २८ बर्षीय बिक्रम थापालाई ९ एमएम पेस्तोल र ४ राउण्ड गोली सहित प्रहरीले शुक्रबार पक्राउ गरेको छ ।
थापाले २०७३ मंसिर १९ गते त्रिपुर नगरपालिका–७ बडहरा बस्ने ३० बर्षीया भाउजु पूर्णा थापालाई घरमा बसिरहेको अवस्थामा गोली प्रहार गरी फरार भएका थिए । गोली प्रहारबाट घाईते भएकी पूर्णा थापाको उपचारको क्रममा मृत्यु भएको थियो ।
अभियुक्त बिक्रम थापा फरार रहेको घटना सन्दर्भमा प्रहरीले खोजतलास गर्ने क्रममा घोराही नगरपालिका–४ मा लुकीछिपी बसेको अवस्थामा उक्त हतियार सहित फेला पारी नियन्त्रणमा लिएको हो ।
घटनाका सम्बन्धमा स्थानीय प्रहरीबाट थप आवश्यक अनुसन्धान भइरहेको छ ।












प्रतिक्रिया