ललितपुर, १८ चैत । ०४६ सालको जनआन्दोलनमा तत्कालीन पञ्चायती शासकहरुबाट ललितपुरलाई मुक्त गरेको सम्झनामा मुक्तियोद्धालाई नेकपा (एमाले) ललितपुरले सम्झिएको छ ।
नेकपा एमाले जिल्ला कमिटि ललितपुरको आयोजनामा पाटन मुक्त क्षेत्र दिवस कार्यक्रमको आयोजना गरी सागर सिं, ज्ञानबहादुर शाही लगायतले ०४६ को आन्दोलनमा पाटनमा शहादत प्राप्त गरेपछि ०४६ चैत १८ मा पाटनका जनताको अगुवाईमा पाटन पञ्चायतमुक्त घोषणा गरिएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमालेका केन्द्रीय कमिटि उपाध्यक्ष भीम रावलले जनतालाई सधैं विभिन्न खालको दासतामा राख्ने खालका षड्यन्त्रहरु भएको बताउँदै एमालेले त्यसको प्रतिरोध गर्ने बताएका छन् । स्थानीय तहको निर्वाचनबाट जनता अधिकार सम्पन्न हुन लागेको केही समूहलाई त्यो सहजै नपचेको देखिएकाले सबै षड्यन्त्रहरु चिरेर निर्वाचन गराउनुपर्नेमा रावलले जोड दिएका छन् ।
कार्यक्रममा बोल्दै एमाले पोलिटव्युरो सदस्य रघुजी पन्तले राष्ट्रघात विरुद्धमा एमालेले जस्तोसुकै वलीदान गर्न पनि तयार रहेको स्मरण गरेका छन् । ललितपुरको भूमीमा समेत स्वाभीमान र जनमुक्तिका लागि रगत बगाएको स्मरण गर्दै अवको निर्वाचन मुलुकको स्वाभीमान जोगाउने कि गुमाउने भन्ने विषयमा भएको समेत बताएका छन् ।
कार्यक्रममा नेकपा एमाले केन्द्रिय सदस्य सुशिला नेपाल र जिल्ला कमिटी ललितपुरका अध्यक्ष हरिकृष्ण व्यञ्जनकारले नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र सम्मिलित सरकारका षड्यन्त्रलाई असफल पार्दै जनताले एमालेलाई स्थापित गर्ने विश्वास व्यक्त गरेका छन् ।












प्रतिक्रिया