काठमाडौँ, १८ चैत । खानेपानी तथा सरसफाइ मन्त्री जीवनबहादुर शाहीले सरकारी कार्यालयमै सरसफाइ नभएको भन्दै सरकारी कार्यालयको सरसफाइ हुनु पर्नेमा जोड दिएका छन् ।
राष्ट्रिय सरसफाइ निर्देशन समितिको बैठकमा बोल्दै मन्त्री शाहीले सरकारी कार्यालयको शौचालय र सार्वजनिक शौचालयहरु अत्यान्तै अव्यबस्थित भएकाले त्यसको सरसफाई गर्न सबैको ध्यान पुग्नुपर्ने बताए ।
मन्त्री शाहीले सरकारी निकायहरुले आफ्नो शौचालय सफा नगर्दा दुर्गन्धित बन्ने गरेकाले त्यसले मुलुकको इमेजमा समेत असर पुगेको बताए ।मन्त्री शाहीले सरकारी निकायहरुले आफ्नो शौचालय सफा नगर्दा दुर्गन्धित बन्ने गरेकाले त्यसले मुलुकको इमेजमा समेत असर पुगेको बताए ।उनले काठमाडौँमा सार्वजनिक शौचालयको व्यवस्था गर्नु पर्ने धारणा समेत राखे ।
शाहीले २०१७ डिसेम्बर भित्र मुलुकलाई खुला दिशा मुक्त बनाउनु पर्ने भन्दै सबैले त्यसमा केन्द्रित हुनुपर्ने बताए ।
कार्यक्रममा खानेपानी राज्यमन्त्री दीपक खडकाले हरेक स्थानीय तहमा सार्वजनिक शौचालय निर्माण गर्नेमा राज्यले ध्यान दिनुपर्ने बताए ।
खानेपानी मन्त्रालयका सचिव भिम उपाध्यायले सरसफाईमा सबैले ध्यान दिनुपर्ने बताए ।
कार्यक्रममा स्थानीय विकास मन्त्रालयका सहसचिव रुद्रसिंह तामाङ र स्वास्थ्य मन्त्रालयका अनुगमन महाशाखा प्रमुख दिपेन्द्र रमण सिंह लगायतले आफ्नो धारणा राखेका थिए ।












प्रतिक्रिया