काठमाडौँ, १२ असोज । विभिन्न ठाउँमा नेपालको प्रशंसा गर्ने भारतीय प्रधामन्त्री नरेन्द्र मोदीले संयुक्त राष्ट्रसंघको सभामा पनि नेपालको प्रशंसा गर्नुभएको छ ।
संयुक्त राष्ट्रसंघको सभालाई शनिवार राती न्यूयोर्कमा सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले नेपाल युद्धबाट शान्ति र लोकतन्त्रको बाटोमा अघि बढ्नु दक्षिण एशियाका लागि सुखद कुरा भएको चर्चा गर्नुभयो ।
उहाँले विश्व समुदाय समक्ष शान्ति र लोकतन्त्रका लागि नेपाल मोडलको प्रशंसा गनुएभएको हो ।
उहाँले नेपाली शान्ति र लोकतन्त्रको मोडेलका बारेमा आफूले विश्व समुदायलाई ध्यानाकर्षण गराउने समेत बताउनुभयो ।
भारत स्वतन्त्रता दिवसका अवसरमा लालकिल्लामा सम्बोधन गर्ने क्रममा पनि उहाालेनेपाल युद्धबाट बुद्धको बाटोमा हिडेको भन्दै नेपाली मोडेलको खुलेर प्रशंसा गर्नुभएको थियो ।















प्रतिक्रिया