काठमाडौं, १७ चैत । प्रधान सेनापति राजेन्द्र क्षत्रीसँग मित्रराष्ट्र म्यानमारको शान्ति टोलीले जङ्गी अड्डामा शिष्टाचार भेटघाट गरेको छ ।
विहिबार सम्पन्न उक्त भेटघाटमा प्रधानसेनापति र शान्ति टोलीबीच विगतमा नेपालमा द्वन्द्व पश्चात भएको सफल शान्ति प्रकृयाको बिषयमा छलफल भएको थियो ।
साथै, शान्ति टोलीले नेपालमा भएको सफल शान्ति प्रकृयाको विषयमा भएको छलफल र जानकारीबाट म्यानमारमा हाल भई रहेको शान्ति प्रकृयामा सहयोग पुग्ने आशा समेत व्यक्त गरेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।













प्रतिक्रिया